प्रचण्ड र मोहनबिक्रमबीच भेटवार्ता , के भयो कुराकानी ?

प्रचण्ड र मोहनबिक्रमबीच भेटवार्ता , के भयो कुराकानी ?

  • बिहिबार, पुस २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ २७ पौष ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच आज बिहान भेटवार्ता भएको छ ।

ललितिपूरको खुमलटारस्थित अधयक्ष दाहालको निवासमा भएको भेटमा वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।

दाहाललाई भेट्न सिंह खुमलटार पुग्नु भएको थियो । दुई नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तार लगायतका विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ ।

भेटका क्रममा उनीहरुबीच वाम गठबन्धनलाई कायम राखी त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने र जनताको अपेक्षालाई सम्बोधन गर्ने विषयमा साझा कार्यक्रम बनाउने विषयमा समेत छलफल भएको बताइएको छ । नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिनु भयो ।

सो क्रममा दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको भन्दै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ