वाम एकता संयोजन समितिको बैठक जारी

वाम एकता संयोजन समितिको बैठक जारी

  • मङ्लबार, पुस २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, पौष २५ ।
प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन पछि पहिलो पटक आज वाम एकता संयोजन समितिको बैठक बसिरहेको छ ।

भक्तपुरको बालकोट स्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी बैठकबाट पार्टी एकीकरणको बारेमा ठोस प्रस्ताव सहित छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।
यस अघि हिजो वाम एकता र सत्ता समिकरणका विषयमा नेकपा एमाले र माओवादी केन्द्रले छुट्टा छुट्टै रुपमा छलफल गरेका थिए ।

आजको बैठकमा विशेष गरि एकताका लागि छुट्टै कार्यदल, एकीकृत पार्टीको सिद्धान्त र संगठनात्मक संरचनाका विषयमा केन्द्रित भएर छलफल गरिने संयोजन समितिका सदस्य एवम् एमाले महासचिव इश्वर पोख्रेलले जानकारी दिनुभयो ।

बैठकले पार्टी एकताका लागि सानो आकारको छुट्टै कार्यदल बनाउने बताइएको छ ।

सो कार्यदलले एकीकृत पार्टीको सिद्धान्त, संगठनात्मक संरचनाको ढाँचा तथा सरकार र पार्टीमा पदीय भागबण्डाको बारेमा छलफल गर्ने छ । कार्यदलले दिएको सुझावको आधारमा एकताको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ