बामबाहेकको मिलिजुली सरकार ‘हल्लामात्रै’

बामबाहेकको मिलिजुली सरकार ‘हल्लामात्रै’

  • शनिबार, पुस २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

गोरखा,२२पुस। नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अबको पाँचबर्षसम्म बामपन्थीबाहेकको सरकार असम्भव रहेको दाबी गरेका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा श्रेष्ठले बामबाहेकको मिलिजुली सरकार ‘हल्लामात्रै’ को संज्ञा दिएका छन् ।

‘तपाईँहरुमार्फत म प्रष्ट भन्न चाहन्छु बामपन्थी गठबन्धनको सरकारबाहेक पाँचबर्ष नेपालमा अरु कसैको सरकार बन्दैन’, श्रेष्ठले भने ‘यहाँ दुई प्रकारका जो प्रचारहरु भए, एकातिर अरु दुई पार्टीको सहयोग लिएर हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्ने भन्ने कुरा वा एमालेले माओवादीलाई अगल गरेर संघीय समाजवादी फोरमलाई लिएर सरकार बनाउने भन्ने कुरा । यी दुइटै गलत कुरा हुन् । अबस्तुवादी कुरा हुन् । यस्तो कुनै सम्भावनै छैन ।’

वामपन्थी एकताका लागि चुनावमा जनताले बाम गठनबन्धनलाई म्याण्डेट दिएको भन्दै श्रेष्ठले जनादेशभन्दा बाहिर जानेकुरा कल्पना पनि गर्न नसकिने दाबी गरे ।

पार्टी एकताका लागि आइतबार बैठक बसेर थप अघि बढ्ने उनले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश नजाँदै सुझाव लिएर सोही अनुसार अघि बढ्ने उनले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ