युएई । नेपाल पत्रकार महासंघ युएई शाखाले अंग्रेजी नयाँ बर्ष २०१८ शुभकामना आदनप्रदान तथा बनभोज, चिट्ठा र बिबिध सांस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । गत डिसेम्बर ८ तारिकका दिन बसेको महासंघको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णय अनुसार १ जनावरी २०१८ का दिन दुबईको जावेलपार्कमा बनभोज तथा शुभकामना आदानप्रदानका साथै बिबिध खेलकुद र चिट्ठा कार्यक्रम गरिने कार्यक्रम आयोजक समितिका संयोजक दामोदर दाहालले जानकारी दिएका छन ।
अंग्रजी नयाँबर्षको शुभकामना आदनप्रदान संगै चिट्ठा कार्यक्रममा प्रथम पुरस्कार मोबईल, द्धितिया पुरस्कार ट्याबलेट, तृतिया पुरस्कार बाल घडी राखिने छ भने बनभोजको लागी नेपाली खानाको परिकारहरुको ब्यबस्था गरिने आयोजकले जानकारी दिएको छ ।
बिभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद र भाग्यशाली चिट्ठा राखिने कार्यक्रममा युएईमा क्रियाशिल बिभिन्न संघसंस्था, बुद्धिजिबी, ब्यबसायी, पत्रकार, समाजसेवी लगायतलाई कार्यक्रममा सहभागी भई शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रम साफल पारिदिनको लागि महासंघले सबैलाई आग्रह गरेको छ ।