तामाङ समाज जापानको छैटौ अधिवेशन सम्पन्न,अध्यक्षमा मोक्तान

तामाङ समाज जापानको छैटौ अधिवेशन सम्पन्न,अध्यक्षमा मोक्तान

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

टोकियो । जापानवासी तामाङहरुको साझा संस्था नेपाल तामाङ समाज, जापानको छैटौं महाधिबेशन सम्पन्न भएको छ। सिनओकुबो स्थित रोधी क्लबमा भएको महाधिबेशनले कुमार मोक्तानको अध्यक्षतामा २३ सदस्यिय केन्द्रीय समिति सर्बसम्मत रुपमा चयन गरेको छ।

उपाध्यक्षमा रुबिना तामाङ, सरोज तामाङ ,पुजन लामा र सिमन तामाङ रहेका छन भने महासचिवमा हिमाल वाईबा, सचिवमा अभिनास तामाङ र कुन्साङ थिङ, कोषाध्यक्षमा सम्झना लामा र सह-कोषाध्यक्षमा राकेस रुम्बा चयन भएका छन।

सदस्यहरुमा तेन्जिङ योन्जन, पासाङ तामाङ, अनु थोकर, सजिना मोक्तान, स्मृति मोक्तान, आशिष दोङ, सुरेश मोक्तान, गिर बहादुर तामाङ, बिमल तामाङ, डिबी लामा, दिप लामा र रत्न बहादुर तामाङ चयन भएका छन। जापानमा रहेको तामाङहरुको साथै समग्र तामाङहरुको हितको लागि ठोस कार्यक्रम बनाएर समाज अगाडि बढने नवनिर्वाचित अध्यक्ष मोक्तानले बताए।

त्यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित महासचिव हिमाल वाईबाले जापानवासी तामाङहरुको समस्याहरुलाई सम्बोधन गर्न आधिकारिक तथ्यांक संकलन गरी जस्तो किसिमको समस्या आएपनि सिघ्र समाधानको लागि समाजले पहल गर्ने बताए। महाधिबेशनको उदघाटन सत्रको सभापतित्व निबर्तमान अध्यक्ष कर्मवाङगेल घिसिङले गरेका थिए।उदघाटन सत्रमा पुर्ब अध्यक्ष सुकुमान थिङ, पुर्ब महासचिव हवलचन्द्र लामा, पुर्ब उपाध्यक्ष मंगल तामाङ, सल्लाहकार कुमार मोक्तान तामाङ र समाजकै किताकान्तो क्षेत्रिय समितिका अध्यक्ष कुलमान तामाङले शुभ-कामना मन्तब्य राखेका थिए।

निबर्तमान सचिव हिमाल वाईबाले संचालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष संजिब स्याङतानले स्वागत मन्तब्य राखेका थिए। नवनिर्वाचित कार्यसमितिलाई एनआरएन जापानको केन्द्रीय सदस्य समेत रहेका निर्वाचन समितिका संयोजक मेख वाईबा तामाङले सपथ गराएका थिए। स्मरणीय रहोस यसरी सर्बसम्मत नेतृत्व चयन गर्न अध्यक्षको अर्कों प्रत्याशी कुमार मोक्तान तामाङ र निर्वाचन समितिको संयोजक मेख लामाले महत्वपूर्ण भूमिका निभाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी