ओमनमा खुसीराम र प्रकाशको सम्झना

ओमनमा खुसीराम र प्रकाशको सम्झना

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

पूर्ण विक (पहाडी ) /अाेमान ।

ओमनमा जनकलाकार खुसीराम पाख्रिन र माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको ढिलो गरि भए पनि सम्झना गरिएको छ । ओमनमा रहेका नेपालीहरुले पाख्रिन र दाहालको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको अायोजना गरेका हुन् ।

नेपाली जनप्रगतिशील मञ्च ओमनको आयोजनामा भएको कार्यक्रममा सँस्थाका प्रमुख सल्लाहकार पदम प्रसाद अर्यालले पाखि्रन र दाहालको मृत्युले श्रमजीवी वर्गहरुका लागि अपुरणीय क्षती भएको बताए ।

मञ्चको अध्यक्ष उमेस विश्वकर्माको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम संचालक सँस्थाका उपाध्यक्ष हेम आचार्यले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुको निधनले ओमन वासी नेपालीहरुलाई दुःखी बनाएको बताए । प्रवासी मञ्च का प्रथम उपाध्यक्ष लिलानाथ कोईराला , अन्तर्राष्ट्रिय एकता समाजका महासचिव शोभाकान्त लामिछाने,एनाअरएन का अध्यक्ष दिपक श्रेष्ठ , नेपाली समाजका सदस्य भिम प्रसाद कोइराला र समाज सेवि बुद्धिजिवी तोलाकान्त भट्टराई लगाएत विभिन्न संग सस्थाहरुको बाक्लो उपस्थित रहेको थियो ।

उपस्थित संग संगठनहरुले नेपालको परिवर्तनको आन्दोलनमा पाख्रिन र प्रकाशको अभाव खड्किरहने बताए । नेपाली जनप्रगतिशील मञ्च ओमनका अध्यक्ष उमेश विश्वकर्माले देशको लागि दुवै जनाको योगदानको स्मरण भइरहने बताए ।

कार्यक्रममा सहभागीहरुले प्रकाश र पाखि्रनको तस्वीरमा पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी