एनआरएन एनसीसी र आईसीसीबीचको सम्बन्धलाई घनिभूत बनाउन दिल्ली भट्टराईको उम्मेद्वारी

एनआरएन एनसीसी र आईसीसीबीचको सम्बन्धलाई घनिभूत बनाउन दिल्ली भट्टराईको उम्मेद्वारी

  • बुधबार, अशोज २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

न्यूयोर्कः एनआरएन अमेरिकालाई सफल बनाउने नायकको रुपमा परिचित दिल्ली भट्टराईले एनआरएन आईसीसीको बोर्ड सदस्यका रुपमा उम्मेद्वारी दिनु भएको छ । उहाँ जस्तो लोकप्रिय र सबैको मन जित्न सक्ने कुशल व्यक्तित्वको उम्मेद्वारीले सम्पूर्ण अमेरिकाबासी नेपालीमा हौसला छाएको छ ।

उक्त पद्मा भट्टराईलाई विजय गराएर एनआरएन आईसीसीलाई बौद्धिक र आर्थिक रुपले भरिपूर्ण गराउने अमेरिका स्थित नेपालीहरूको सोच छ । सन् २००० मा अध्ययनको सिलसिलामा अमेरिका आएका भट्टराईले यहाँ आएदेखिनै विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

एनआरएनए अमेरिका स्थापना कालदेखि नै विभिन्न चरण पार गर्दै २०१३ देखि २०१५ सम्मको बरिष्ठ उपाध्यक्षको भुमिका निर्वाह गरिसक्नु भएको छ । उहाँको कार्यकाललाई एनआरएनए एनसीसी अमेरिकाको स्वर्णिम कालको रुपमा आज पनि स्मरण बताइन्छ । साथै २०१५ देखि २०१७ को कार्यकालमा आईसीसी अन्तर्गत रहेका फरेन इम्प्लोइमेन्ट रिलिफ फण्ड टास्क फोर्सको चेयरका रुपमा रुपमा उहाँले कार्यभार सम्माल्नु भएको छ ।

कुशल र कुटनीतिक व्यक्तित्वको धनी उहाँले नेपाली राहदानीलाई एमआरपी बनाउनेदेखि तत्कालिन एनआरएन अमेरिकाको विधान संशोधन गर्नेसम्मका कार्य सम्पादन गर्नु भएको छ । नेपालमा विपद् अर्थात विनाशकारी भूकम्पको पीडामा मलम लगाउने र नेपाली जनतालाई तत्काल राहत, उद्दार र स्वस्थ शिबिर संचालन गर्ने काम पनि उहाँकै पहलमा भएको थियो । यति गर्दा गर्दै पनि एनआरएनए अमेरिकामा धेरै दुविधा र अन्योलताहरू आए ।

यसलाई चिर्दैे एनआरएन एनसीसी र आईसीसीबीचको सम्बन्धलाई विशेष, समुधुर, मजवुत, गराउनु आजको आवश्यकता हो । अझै पनि नेपालमा गैर आवासीय नागरिकता र एनआरएन सम्बधित अन्य कानुन बनाउन समेत पहल गर्ने उहाँको योजना छ ।

संस्थालाई कसरी दीगो र संस्थागत बनाउने सोच र योजना उहाँ लाग्नु भएको छ । संस्थाको प्रवद्र्धनका लागि व्यापक कार्यक्रम ल्याउने खाका उहाँले बनाउनु भएको छ । उहाँ जस्तो समाजसेवी व्यक्तिलाई एनआएएन आईसीसीको बोर्ड सदस्यमा विजय आजको आवश्यकता हो । एनआरएनए अमेरिकालाई सबैको साझा चौतारीको रुपमा विकास गर्ने योजनामा भट्टराई लागि पर्नु भएको छ । –

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी