संसारभरिका आप्रवासीलाई एउटै मालामा उन्दै देश विकासमा सहयोग गर्ने उपाध्यक्षका उम्मेद्वार सोनम लामाको प्रतिवद्धता

संसारभरिका आप्रवासीलाई एउटै मालामा उन्दै देश विकासमा सहयोग गर्ने उपाध्यक्षका उम्मेद्वार सोनम लामाको प्रतिवद्धता

  • बुधबार, अशोज २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौंः एनआरएनए अमेरिकाका क्षेत्रिय संयोजक सोनम लामाले संसारभरिका आप्रवासी नेपालीलाई एउटै मालामा उन्ने प्रतिवद्धता सहित गैर आवसीय नेपाली संघको आसन्न निर्वाचनमा उपाध्यक्ष पद्का लागि उम्मेद्वारी दिनु भएको छ ।

प्रजातान्त्रिक वैचारिक धारबाट अघि बढ्नु भएको उहाँले नेपाल र नेपालीको विकास र समृद्धीका लागि आफूले उपाध्यक्ष पद्मा उम्मेद्वारी दिएको बताउनु भयो । संसारभरि छरिएर रहेका आप्रवासी नेपालीहरूलाई एउटै साझा मालामा उनेर देश विकासमा लाग्ने प्रतिवद्धता उहाँले गर्नु भएको छ ।

सन् २००८ मा अमेरिकी एनआरएनमा आवद्ध हुनु भएकोले उहाँले अमेरिकास्थित विभिन्न सामाजिक संस्थामा रहेर कार्य सम्पादन गर्नु भएको छ । सन् २००९ मा आईसीसीको सदस्य बनेर कार्यभार सम्हाल्नु भएको उहाँले विश्वभरि छरिएर रहेको लगानीलाई एकत्रित गर्ने बताउनु भयो ।

‘संसारभरि छरिएर रहेको नेपालीको सेवा गर्न तथा नेपालमा नयाँ सीप, प्रविधि र लगानी भित्र्याउन मैले पहल गर्ने छु,’ उहाँले भन्नु भयो ‘यहाँहरूले मलाई विजय गराउनु भयो भने हाल एनआरएनमा देखिएका समस्या समाधान गर्न लागि पर्ने छु ।’ यसले आफूलाई नेपालीहरूको सेवा गर्ने सुअवसर लिएको बताउँदै उहाँले भन्नु भयो ‘हामी नेपाली जहाँ गएपनि वा जहाँ कर्मथलो बनाएपनि हाम्रा लागि मातृभूमीभन्दा प्यारो अन्य नहुने बताउनु भयो ।

लामो समयदेखि सक्रिय र जुझारु समाजसेवीका रुपमा स्थापित भइसक्नु भएको लामाले देशको आर्थिक, समाजिक तथा सांस्कृतिक विकासको लागि एनआरएनको तर्फबाट कुनै कसुर नछाड्ने बताउनु भयो । देशमा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदा संरक्षणदेखि यहाँका स्रोतहरूको परिचालन गरि देशभित्रै रोजगारी सिर्जना गर्ने उहाँको प्रतिवद्धता छ ।

शिक्षा, स्वास्थ्य नपुगेका नेपालीमाझ एनआरएनका सहयोगी हातहरू सधै अगाडि बढ्ने छन्, उहाँले भन्नु भयो ‘सामाजिक भावनाले सिर्जित लामा विभिन्न संघ संस्थामाफर्त सामाजिक गतिविधिमा होमिनु हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी