अन्तर्राष्ट्रिय विमानास्थललाई सहयोग

अन्तर्राष्ट्रिय विमानास्थललाई सहयोग

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

 

जापान, ३० भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँकोे भौतिक पूर्वाधार विकासमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले सघाउने भएको छ ।

नयाँ कार्यसमिति बनेसँगैं बसेको सङ्घको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकास अन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो ।

सन् २०१७÷१९ का लागि निर्वाचित र सर्वसम्मत भएका पदाधिकारीको बैठकले विमानस्थलका जीर्ण र अपुग भएका स्थानमा शौचालय बनाउन सघाउने निर्णय गरेको सङ्घका अध्यक्ष टाँसीवादी लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाअनुसार सङ्घले विमानास्थलको भौतिक पूर्वाधार विकासका लागि २५ थान शौचालय सहयोग गर्ने निर्णय गरेको हो । ती शौचालय सङ्घको कार्यालयमा राखिएको र एक महिनाको अवधिमा काठमाडौँस्थित विमानस्थल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने सङ्घले जनाएको छ ।

बैंठकले लेनिन भट्टचन र सविता श्रेष्ठलाई क्रमशः युवा तथा महिला संयोजकको जिम्मेवारी दिएको छ । कार्यक्षेत्र चुस्तदुस्त राख्न २१ बुँदे आचारसंहिताअनुसार प्रत्येक दुई महिनामा बस्ने बैंठकमा अनुपस्थित हुनेलाई कारबाही र जापानवासी नेपालीको चाहना विपरीत काम गर्नेेलाई कारबाहीमा सघाउनेलगायतका निर्णय पनि गरेको सङ्घका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी