काभ्रे सेवा समाज युएईद्धारा गायिका गौतम युएईमा सम्मानित

काभ्रे सेवा समाज युएईद्धारा गायिका गौतम युएईमा सम्मानित

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

युएई २७ अगष्ट ।

कला र गलाकी धनी गायिका सरु गौतम युएईमा सम्मानीत भएकी छन् । झापाली समाज युएईले आयोजना गरेको तिज बिशेष कार्यक्रममा भाग लिन युएई पुगेकी गायिका गौतमलाई काभ्रे सेवा समाज युएईले सम्मान गरेको हो ।

नेपाली काला संस्कृतिको जगेर्ना गर्दै स्वदेश तथा बिदेशी भुमीमा पनि नेपाली कलाकारीताको पहिचान गराउन सफल गायिकालाई काभ्रे सेवा समाज युएईले एक बिशेष कार्यक्रम आयोजना गरि सम्मान गरेको थियो ।

समाजका अध्यक्ष दील लामा, संरक्षक दामोदर दाहाल, समाज सेवी लक्ष्युमण काफ्ले लगायत काभ्रे सेवा समाजका थुप्रै सदस्यहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा गौतमलाई सम्मान पत्र र मायाको चिनोको साथमा खादा ओडाएर सम्मान गरिएको थियो ।

उक्त सम्मान कार्यक्रमकै अबसरमा समाजका संरक्षक दामोदर दाहाल र कोषाध्यक्ष रबिन तामाङले समाजका अध्यक्ष दील लामाको जन्मदिन पनि परेको हुँदा सरप्राईज स्वरुप बर्थडे केक सहित शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा उपस्थित सबैले गायिका गौतमलाई खादा ओडाएर सम्मान गर्नुको साथै समाजका अध्यक्ष लामालाई जन्मदिनको शुभकामना दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी