बाढीपीडित राहत कोष स्थापना गर्न घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा

बाढीपीडित राहत कोष स्थापना गर्न घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा

  • आइतवार, साउन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, २९ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका बाढी पीडितलाई आपतकालीन राहत कोष ‘बाढीपिडीत राहत कोष’ स्थापनाका लागि रु एक करोड सहयोग गर्ने भएको छ ।

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आज बसेको आकस्मिक बैठकले राहतका लागि कोष स्थापना गर्न एनआरएनका अध्यक्ष शेष घले र उहाँका पत्नी जमुना गुरुङले तत्कालै रु एक करोड दिने घोषणा गरेको संघका प्रवक्ता रञ्जु थापा वाग्लेद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कोषमा अध्यक्ष घले र गुरुङको एमआइटी फाउण्डेसनले एक करोड सहयोग दिने, संघका प्रमुख संरक्षक जीवा लामिछाने तथा उपाध्यक्ष भवन भट्ट र कुमार पन्त, महासचिव डा बद्री केसी र सचिव अर्जुन श्रेष्ठले रु एक÷एक लाख तथा प्रवक्ता रन्जु थापाले रु ५० हजार र कोषाध्यक्ष हिक्मत थापाले रु ५१ हजार सहयोगको घोषणा गरिसक्नुभएको विज्ञप्तिमा उल्लेख छ । साथै एक साताभित्र रु दुई करोड संकलन गरी वितरण थाल्ने संघको तयारी छ ।

विपद्का बेलामा विश्वभरी छरिएर रहनुभएका नेपालीलाई आफ्नो क्षमताले भ्याएसम्म रकम सहयोग गरी पीडित दाजुभाई तथा दिदीबहिनीलाई सहयोगको हात अगाडि बढाउन गैरआवासीय नेपाली संघले अपिल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी