छानविन समिति नौटंकी : खगेन्द्र जीसी

छानविन समिति नौटंकी : खगेन्द्र जीसी

  • आइतवार, साउन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

न्यूयोर्कः अदालतले चुनावको विषयमा टुंगो लगाइ सकेको हालको अवस्था कमिटी गठन गर्नुको कुनै औचित्य नरहेको बताइएको छ । यस्तो अवस्थामा कमिटी गठन गरेर छानबिन गर्छु भन्नु वर्तमान कार्य समितिको नौटंकीमात्र भएको भनाइ सम्बन्ध क्षेत्रका विज्ञहरूकाे छ ।

सम्मानित अदालतको निर्णय विपरीत गएर कमिटि गठन गरी काम कारवाही अगाडि बढाउनु अदालतको मानहानी हुने हुँदा सोको कारवाही समेत हुन सक्ने ठम्याइ विज्ञहरूको रहेको छ । त्यसैले यस्तो विषयमा संवेदनशील भई अगाडि बढ्न उहाँहरूको सुझाव छ ।

अहिले कार्य समितिमा भएका साथीहरूले यस्तो कार्य गर्नु थियो भने चुनाव हुनुभन्दा एक वर्ष नै को कुन पदका लागि दावेदार बन्न सक्छ भनेर पहिचान गर्नु पर्थ्यो,’ उहाँले भन्नु भयो । अहिले यसो गर्नु भनेको चुनाव नगराउने प्रपन्च र षडयन्त्र भएको अधिकांश आप्रवासी नेपालीहरूको भनाइ छ । एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवम् हाल आइसीसी सदस्य र नेपाल सरकार एनआरएनका सल्लाहकार समेत रहेका खगेन्द्र जीसीले अदालतमा गइसकेको मुद्दालाई अहिले छानबिनमा ल्याउनुको कुनै अर्थ नरहेको बताउनु भयाे।

प्रेस विज्ञप्तीमार्फत आएको उहाँको भनाइले पनि हालको कार्यसमितिले अदालतको अपहेलना गरी षडयनत्र गरिरहेको बुझ्न सकिन्छ । साथीहरूसँग छलफलै नगरी बिना सल्लाह मनोमानी ढंगबाट सदस्यको चयन गरी समिति बनाउनु र अदालतले टुंगो लगाइ सकेको विषयलाई फेरि समिति बनाइ छानबिन गर्ने भनि नौटंकी गर्नु अदालतको निर्णयको अवहेलना भएको जीसीको आशय छ ।

एनआरएनए अमेरिकाको वर्तमान कामचलाउ कार्यसमितिले हिजो एनआरएन अमेरिकाको विगतदेखि हालसम्मका पदाधिकारीहरुको अभिलेख र दस्तावेज संकलन गर्नका लागि भन्दै जीसीसहित तीन सदस्यीय समिति गठन गरेको थियो । ‘यस्तो औचित्यहिन समितिमा आफू नबस्ने भन्दै आज जीसीले प्रेस विज्ञप्तीमार्फत आफ्ना भावनाहरू सार्वजनिका गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी