सबै अमेरिकी नेपाली समुदायलाई समृद्ध बनाउँदै एउटै मालामा गास्ने पोखरलेको प्रतिवद्धता

सबै अमेरिकी नेपाली समुदायलाई समृद्ध बनाउँदै एउटै मालामा गास्ने पोखरलेको प्रतिवद्धता

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

सबै अमेरिकी नेपाली समुदायलाई समृद्ध बनाउँदै एउटै मालामा गास्ने पोखरलेको प्रतिवद्धता कुशल नेतृत्व र विलक्षण प्रतिभाका धनी कृष्ण पोखरेल एनआरएनएन अमेरिकी संस्थाको अध्यक्ष पदका दावेदार उम्मेद्वार बन्नु भएको छ ।

कुशल एवम् सफल व्यवसायी पोखरेलको उम्मेद्वारीले अमेरिकी नेपाली समुदायलाई एउटा साझा फूलबारीको रुपमा विकास गर्दै आर्थिक समुन्नतीतर्फ अग्रसर गराउने विश्वास लिइएको छ । आर्थिक विकासको क्षेत्रमा नेपाल र नेपालीको परिचालन तथा मार्गनिर्देश गर्न सक्ने व्यक्तिका रुपमा उहाँ स्थापित भइसक्नु भएको छ । उहाँ महासचिव हुँदै हाल उक्त संस्थाको वरिष्ठ उपाध्यक्ष रहनु भएको छ ।

१४ वर्षअघि अध्ययनको सिलसिलामा अमेरिका आइपुगेका पोखरेलले सन् २००४ मै ‘रिड गेउड नेपलिज् सोसाइटी’ का कार्य समिति सदस्य बनिसक्नु भएको छ । उहाँ २००७ देखि २००९ सम्म सोही संस्थाका उपसभापति र ‘अल एलाइन्स फर डेमोक्रेटिभ एण्ड ह्यूमन राइट्स’को सह– सचिवको कार्यभार समेत पोखरेलले सम्हाली सक्नु भएको छ एनआरएनलाई सबैको साझा फूलबारीको रुपमा संस्थागत विकास गर्दै नेपालीको स्वाभिमान र प्रतिष्ठालाई उच्च बनाउने उहाँको उम्मेद्वारीको मुख्य उद्देश्य हो ।

कुशल नेतृत्व गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका पोखरेलले संस्थाको गरिमा र गौरवलाई दीगो र प्रतिष्ठित बनाउन नवीन सोचका साथ निष्ठापूर्वक अनवरत लागि रहने प्रतिवद्धता गर्नु भएको छ । संस्थामा हाल पनि उपाध्यक्ष पद्को भुमिका निर्वाह गर्दै आएको र अमेरिकाको सिंगो नेपाली समाजलाई नवीन सोच, दीर्घकालीन योजना र कार्यकुशलताका साथ अघि बढ्न सही व्यक्तित्वको आवश्यकता खट्किरहेको छ,’ उहाँले भन्नु भयो ‘उक्त पदका लागि म आफू उपयुक्त ठानेर आत्मविश्वासका साथ अध्यक्ष पदका लागि उम्मेद्वारी दिएको हुँ ।’

अमेरिकी नेपाली समुदायलाई आर्थिक सम्पन्नतातर्फ डो¥याउने निश्चित योजनाहरू आफूसित रहेको उहाँले बताउनु भयो । यस अन्तर्गत सामुहिक लगानीको लागि ‘मेरो समृद्धि अभियान ’ संचालन गर्ने उहाँको सोच छ । साथै आपतकालीन समयमा सहयोग पु¥याउनका लागि प्रत्येक एनआरएन सदस्यबाट मासिक एक डलर संकलन गरिने छ । सो रकम नेपाली परिवारलाई विपद् पर्दा उपयोग गर्ने उहाँको योजना छ । उहाँले हालै एनआरएनए अमेरिकाको अध्यक्ष पद्मा गौरी जोशी जस्तो होनाहार व्यक्तित्वको उम्मेद्वारीले वैधानिकता नपाउनुले आफूलाई दुखित बनाएको बताउनु भयो । ‘म उहाँलाई सघाउने पक्षमा थिए, उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी