खिमलाल पान्डे ,युएई,१ अगस्ट ।
रोजगारीका लागि युएई खाडी मुलुककै अति उत्तम र सुरक्षीत देश मानिन्छ। युएई घुम्नका लागि पनि निकै रमाइलो ठाउँ हो ।तर अहिले आएर युएईमा मानव तस्करी दलालहरुको बिगबिगी छ ।दिनानुदिन सर्बसाधारणलाई विभिन्न प्रलोभनमा पारि दलाल र ट्राभल्सको मिलिमतोमा युएई भिजित मा ल्याउने अनि काम लगाउन नसके पछि अलपत्रमा पारेर विभिन्न यातना समेत दिने गरिएको भिभिन्न सन्चार माध्यमहरु ले छापेका छन।
युएईमा दलालहरुको बिगबिगी यसरी भएको छ कि नेपालबाट राम्रो र आकर्षक जागिर लगाइदिने भन्दै विभिन्न ट्राभल्स मार्फत भिजिट भिजा निकालेर एयरपोर्टमा सेटिङ मिलाउदै युएई पुर्याइएका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई युएईको विभिन्न राज्यहरुका कुनाकुनामा दलालहरुले रुम भाडामा लिएर राख्दै अलपत्र पार्ने ठुलै गिरोह सक्रिय रहेको हुनाले नेपाली दाजुभाई तथा दिदिबहिनिहरु आफै सचेत हुनु जरुरी देखिन्छ ।
नेपालबाट युएई पठाउदा इम्प्लोवाईमेन्ट भिजा भनेर झुक्याएर टुरिजम भिजामा ल्याइएको समेत जानकारी प्राप्त भएको छ ।कति पयलाई त युएई २००० दिहरामको जागिर लगाइदिने भनेर विभिन्न लोभ र प्रलोभन समेत देखाइएको पाइएको छ ।
दुताबासले यस्ता दलालहरुलाई कारबाही गर्न नसकिने कारबाही गर्नको लागि नेपाल देखि सरकारी निकाय मार्फत आदेश हुनुपर्ने अभिव्यक्ति दिएको छ ।दूतावास युएईले पिडितहरुको पक्षमा कलम चलाई रहेका पत्रकारहरुलाई पितपत्रकारिताको नाम दिदै अपमान समेत गरेको छ।
आखिर दूतावास केका लागि र किन सक्दैन र दलाल ,तस्करीहरुलाई कारबाही गर्न युएईमा कार्यरत नेपाली कामदारहरुको चासो र चुनौतिको बिषय बनेको छ ।अर्को बिषय यो छ कि बिगतका दिनहरुमा विभिन्न समाज सेवाका लागि खोल्ने गरेका सामाजिक संस्थाहरु पनि प्राय: जसो मौन रहेको देखिएको छ।
कता गए ती समाज सेवा गर्ने भनेर खोलिएका सामाजिक संस्थाहरु? के का लागि खोलिएका थिए ? कि मात्र विभिन्न होटेल र चौरमा मनोरञ्जनात्मक कार्यक्रम गर्नका लागि मात्रै खोलिएका हुन त? यदि साच्चिकै सामाजिक कार्यका लागि स्थापना गरिएका हुन भने आउनुस युएईमा रहेर आफ्नो जागिर संगै मजदुरहरु र पिडितहरुको पक्षमा कलम चलाइरहेका सन्चारकर्मीहरुको साथमा एक जुट भएर लागौ ।
दलाल तथा मानव तस्करहरुको बिरुद्द एक मत भएर निकास खोज्दै दलालहरुलाई कारबाही गर्न तर्फ लागौ। होइन भने युएईमा खोलिएका समाज सेवाका नामका संस्थाहरु सबै खारेज गरेर बसे हुन्छ ।