युएइ।
भिजिट भिसाको नाममा ठगी गर्ने मानव तस्कर र दलालहरु लाई तत्काल कार्यबाही गर्न संबंधित निकायलाई ध्यानाकर्षण गराउदै युएई नेपाली एकता समाज युएइले प्रेस वक्तव्य निकालेको छ ।
विभिन्न समयमा नेपाल बाट प्रलोभनमा पारी लाखौ रुपैयाँ असुल गर्दै युएई ल्याइ कुटपिट र ज्यान मार्न धम्की दियर अलपत्र पार्न साजन भनिने प्रेम पान्डे लाई कारबाहीको माग गर्दै आफुहरुलाइ उद्दार को लागि पहल गर्न नेपाली दूतावास युएइ लाई लिखित निवेदन दिदा समेत दूतावासले दलाल लाई नै संरक्षण गर्दै पीडित लाई बेवास्था गरेको बताउदै समजले भ्रष्ट कर्मचारी र दलाललाई तत्काल कारबाही गर्न सरकार सङ माग गरेको छ ।
यस अघि दूतावासले पीडितका पक्षमा प्रकाशित समाचार लाई पित पत्रकारिता भन्दै पत्रकार लाई निगरानी गरियको समेत बतायको थियो भने नेपाली दूतावास युएईका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले दलाललाई कारबाही गर्न दूतावास सङ बजेट नभएको भन्दै कारबाही गर्न नसकिने बतायका थिय ।
यस्तो छ प्रेस वक्तव्यको पुर्ण पाठ :-
युएई नेपाली एकता समाज धन सिंह पुलामी मिति; 28/ 07/ 2017 भिजिट भिसाको नाममा भयको मानबतस्कर तथा दलालहरुले झुटो आश्वासन तथा नक्कली कागजात पेशगरि केहिदिन अगाडी युएईको अबुदाबीमा अलपत्र पारेको वा पारीयको खबरले युएई नेपाली एकता समाज केन्द्रिय समितिको गम्बिर ध्यान आकर्सन भयको छ lत्यसरी अलपत्र पार्ने मानब तस्कर दलाल साजन पाण्डे उर्फ प्रेम पाण्डे र अर्थलाईन ट्राभल्सका संचालिका जानकी अधिकारीको मिलोमतोमा नक्कली कागजात र झुटो आस्वासन दियर युएईको अबुदाबी पुर्याईयको १९ जना पिडितहरुको उद्दार बारे नेपालि दुताबासको उदासिनता प्रति नेपाली यकता समाजले गहिरो चिन्ता प्रकट गर्दछ l१९ पिडित मध्ये केहिदिन अगाडी दलालहरु कै रोहबरमा वा सम्झौतामा १४ जनालाई नेपाल फर्काई सकेको र अरु ४ जना ओभर स्टे भयको कारण नेपाल फिर्ता गर्ने बारे भयको ढिलाई सुस्ती प्रति हाम्रो गम्भीर आपत्ति प्रकट गर्दै नेपाली दुताबासको ध्यान आकर्सण गराउन चाहन्छौ l कि त्यसरी भिजिट भिसाको नाममा मानब तस्करी बिरुद्द दलाल हरुले ठग्ने गरेको सबुत प्रमाण हुदाहुदै नेपाली दुताबासले कारबाहीका लागी किन पहल गर्न सकिरहेको छैन? यहानिर गम्भीर आशंका गर्ने ठाउँ छ कि जबसम्म नेपाली दुताबासले ति मानब तस्करी गर्ने र नक्कली कार्य गर्ने दलालहरुलाई कारबाही गर्न सक्दैन lविभिन्न ओन्लाईन मिडिया मार्फत सार्बजनिक भयका अलपत्र पार्ने गरियको अलपत्र खबर मध्ये युएईको सारजाह अजमानमा समेत करिब ११ जनाको खबरले भिजिट भिसाको नाममा ठगी कति हुदो रहेछ? स्वतः अनुमान लगाउन सकिन्छ lयस्ता मानब तस्करी गर्ने दलालहरुले नक्कली कागजात प्रयोग गरेर भिजिट भिसाको नाममा युएई ल्याई यौटै रुममा राख्ने, खाना बस्नका लागी ब्यबस्था नगर्ने, मदिरा सेबन गरि/गराई झैँ झगडा गर्ने र गम्भीर दुर्घटना सहित निम्त्याउने खतरा बारम्बार देखा पर्दै आईरहेको छ lत्यसकारण भिजिट भिसाको पारादर्सीता नापनाईकन नेपाल सरकारको अध्यागमन बिभाग तथा सम्बन्धित नेपाल नेपाली दुताबासको सुक्षमता र पारादर्सीता प्रति गम्भीर आशंका गर्ने ठाउँ छ l त्यसकारण, अलपत्र पारियाका नेपालीहरुको उद्दार जतिसक्दो छिटो दुताबास मार्फत गर्न / गराउन अनुरोद गर्दै त्यसरी भिजिट भिसाको नाममा ठगी गर्ने गरियको मानब तस्करी दलालहरुलाई सख्त कार्बाहीको प्रक्रिया अघि बढाउँन सम्बन्धित निकायलाई यसै बक्तब्य द्वारा युएई नेपाली एकता समाज हार्दिक अपिल गर्दछ l
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline