गौरी जोशी चुनावमा लड्न योग्य

गौरी जोशी चुनावमा लड्न योग्य

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

सुरेश कोइराला/अमेरिका ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको अध्यक्ष पद्का प्रत्यासी गौरी जोशी चुनावमा लड्न योग्य भएको सम्बन्ध क्षेत्रका विज्ञहरूले औल्याएका छन् । निर्वाचन आयोगले जोशीको वास्तविकता नबुझि हचुवाको भरमा अर्काको लहलहैमा लागेर अध्यक्ष पदमा चुनाव लड्न अयोग्य ठहराउँदै उम्मेदवार नामावली सूचिबाट वोशीको नाम प्रकाशित नगरेपछि एनआरएनए अभियन्ताहरूवीच चर्को बहस शुरू भएको छ ।

जोशीको उम्मेद्वारीलाई अयोग्य ठहरायसँगै जोशीले सन् २०१० अघिको एएनसी कार्य समितिमा रहेर एक कार्यकाल पुरा गरेको प्रमाणहरू सार्वजनिक भएका हुन् । एएनसीमा बसेर एक कार्यकाल काम गरिसकेकाले जोशीको उम्मेद्वारी वैधानिक भएको उहाँहरूको ठहर छ । एनआरएनको अन्तर्राष्ट्रिय विधानको दफा २३.११ ले अध्यक्षका लागि राष्ट्रिय समन्वय परिषदमा एक कार्यकाल पदाधिकारी वा सदस्य हुनुपर्ने प्रावाधान राखिएको छ ।

सोही दफालाई टेकेर एनआरएनका अमेरिका हेर्ने क्षेत्रिय संयोजक सोनाम लामाले स्वतन्त्र भनिएको निर्वाचन समितिलाई धम्क्याएर गौरी जोशीको उ्म्मेद्वारीलाई अयोग्य ठहराएको थियो । तर, एनआरएन अमेरिकाको विधानमा एआरएनए एनसिसीको अध्यक्ष हुनका लागि दुई वर्षदेखि साधारण सदस्य रहे पुग्ने व्यवस्था गरेको लामाले विर्सिए र जोशीलाई अयोग्य बनाएर उम्मेद्वारको नामावली सूचीबाट जोशीको नाम हटाए ।

जसको दवाव थेग्न गाह्रो परिरहेको छ । एनआरएनए अमेरिका जन्म हुनु अघि एनआरएन आइसीसीले मान्यता दिएको नेप्लिज अमेरिका काउन्सिलमा गौरी जोशीले रहेर काम गरिसकेको तथ्यहरु बाहिर आइसकेका छन् । जोशी सदस्य पदमा रहेर एक कार्यकाल काम गरिसकेको एनआरएन आइसिसीका महासचिव बद्री केसीले पनि दुई पटक प्रष्ट पारिसकेका छन् ।

स्वयम जोशीले सन् २०१० अघिको एएनसी कार्य समितिमा रहेर आफूले एक कार्यकाल पुरा गरेको बताएका छन् । अध्यक्ष पदमा उम्मेदवार हुन राष्ट्रीय कार्य समितिमा एक कार्यकाल पुरा गरेको हुनु पर्ने प्रावधानले नछेक्ने उहाँले बताउनु भएको छ । निर्वाचन आयोगले गौरीजीको उम्मेदवारी स्वीकार गर्न नसकेको देख्दा अचम्म लागेको तत्कालीन न्याक अध्यक्ष तथा एनआरएन अभियन्ता डाक्टर अम्बीका अधिकारीले बताउनु भएको छ । ‘अमेरिकामा एनआरएनए शुरु हुनुभन्दा पहिला न्याक भन्ने संस्था थियो पछि त्यही संस्थानै एनआरएन भएको हो,’ अधिकारीले भन्नु भयो ‘ म अध्यक्ष रहेको बेला गौरी जीले २००७ देखि २००९ सम्मको कार्यकालमा काम गर्नुभएको हो, उहाँले काम गरेको प्रमाण एनसीसीदेखि आईसीसीसम्म सबैसँग छ ।’ जोशीको उम्मेदवारी रोक्ने कानुनत कुनै ठाउँमा नदेखिएको एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खग्रेन्द्र क्षेत्री बताउनु भएको छ ।

जोशीको उम्मेदवारी रोकिए आईसीसी र एनसीसी दुवैको विधान उल्लघंन हुने उहाँको ठहर छ । ‘कुनै व्यक्तिको दबाबमा आएर विधाननै नहेरी आयोगले काम गरे जस्तो देखिएको छ ,’ उहाँले भन्नु भयो ‘ चुनावको परिणाम आँकलन गरी कुनै व्यक्तिलाई पनि रोक्नु मिल्दैन ।’ यो एनआरएन अमेरिकालाई कमजोर बनाउने षडयन्त्र भएकोले यस्तो काम तत्काल सच्चाइन उहाँको आग्रह छ । दुई वर्ष न्याकमा काम गरिसकेको जोशीको उम्मेद्वारीलाई रोक लगानु कानुन सम्बत नभएको चौतर्फी रुपबाट चर्को दवाव आउन थालेपछि आईसिसीको आदेशमा निर्वाचन आयोगले जोशीको उम्मेदवारी सदर गर्ने तयारी गर्दै गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी