युएइ ।
रोजगारीका लागि भन्दै विभिन्न प्रलोभन देखाइ सेटिङ मार्फत युएइ ल्यायर अलपत्र बनाइयका १९ जना नेपाली मध्य १४ जना आज स्वदेश फर्कियका छन ।
काठमाडौको ठमेलमा अबस्थित अर्थ लाइन ट्राभल्स मार्फत युएइ ल्याइ अलपत्र पारियका १९ जना नेपालीले बिगत लामो समय देखि ट्राभल्सकै युएइमा सेटिङ मिलाउने दलाल साजन भनिने (प्रेम )पान्डे)मार्फत सारिरिक र मानसिक यातना सहनु परेको थियो ।
विभिन्न बाटो हुँदै युएई ल्याइयका पीडित लाई दलालले मरासन्न हुने गरि कुटपिट गर्न तथा ज्यान मार्न सम्म को चेतावनी दियको प्रमाण बोकेर पीडित दूतावास पुगे पनि दूतावासले भने दलाल लाई कारबाही गर्न नसकिने बतायको छ ।
आफूहरु लाई दलालले अलपत्र पारेको भन्दै न्यायको खोजीमा दूतावास पुगेका पीडित लाई दूतावासले सहयोग र चासो नदिय पछी विभिन्न मिडियामा कार्यरत पत्रकार तथा सामाजिक सस्थाको पहलमा उद्दार गरि १४ जनालाइ नेपाल फर्काउन सफल भएको हो । भने बाकी पाच जना मध्य चार जना भिसा अबधी ससकियका र एक जना भिसा अबधी भयका छन ।
उनिहरुलाइ समेत तत्काल नेपाल पठाउन चौतर्फी दबाब दियको छ । निवेदन दियको लामो समय सम्म पनि दूतावासले चासो नदिय पछी विभिन्न मिडियामा प्रकाशित समाचारलाई खन्डन गरि दूतावासले पित पत्रकारिता भन्दै आरोप समेत लगायको थियो ।
यसरी दूतावासले दलाल लाई जोगाएर पत्रकार माथी आरोप लगाय पश्चात् हिजो नेपाली दूतावास अबुधाबीमा राजनीति दलका भातृ सङठनका प्रतिनिधि र पत्रकार सहित छलफल गर्न भनिएको भएपनि बहस मा दूतावासका महामहिम राजदुत नेत्र बहादुर टन्डनले कुरै नसुनी दलाल लाई कारबाही गर्न नसकिने बताय पछी अन्तत नेपाली दूतावास युएइ श्रमिकको पछ्यमा नरहेको प्रमाणित भएको छ ।
नेपाल सरकारले भै परि आउने समस्यामा आफ्ना नागरिकको सहयोग उद्दार र सुरक्षाको जिम्मेवारी दियर दूतावासको स्थापना गरि कर्मचारी लाई ईमानदार भएर काम गर्न भनी पठाएको भए पनि दलाल सङ नै साठगाठ गर्दै पीडित लाइ ब्यबास्था गरेपछि दूतावास प्रतिको भरोसा लाखौ नेपाली बाट हटेको छ भने यहाँ स्थित विभिन्न राजनीति दलका सङठन हरुले समेत दूतावासको हर्कत बारे चौतर्फी बिरोध गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline