नेपाली दूतावास युएइको बल्ल खुल्यो आँखा, अलपत्र मध्य १५ नेपाली भोलि नै स्वदेश फर्कने

नेपाली दूतावास युएइको बल्ल खुल्यो आँखा, अलपत्र मध्य १५ नेपाली भोलि नै स्वदेश फर्कने

  • सोमवार, साउन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

सुसान आचार्य /युएइ ।

चौतर्फी दबाब र खबरदारी नरोकिय पश्चात् अन्ततः नेपाली दूतावास युएइ अबुधाबिले आफ्नो आँखा खोलेको छ ।

बिगत लामो समय देखि काम दाम र माम बाट बन्चित गराइ अलपत्र अबस्थामा युएइको अबुधाबी स्थित मुसफा ३२ मा राखियका १९ जन पीडित नेपालीले अब भने न्याय पाउने भयका छन ।

रोजगारीका लागि भन्दै सेटिङ मार्फत काठमाडौको ठमेलमा अबस्थित अर्थ लाइन ट्राभल्सबाट जनही २ लाख पचास हजार देखि ३ लाख ५० हजार रूपमा सम्म असुल गरि युएइ पठाइयका १९ जना नेपाली लामो समय देखि युएइमा अलपत्र अबस्थामा रहेका थिय । भने ट्राभल्सको युएइ एजेन्ट साजन भनिने प्रेम पान्डेले पीडित लाइ सारिरिक र मानसिक यातना तथा ज्यान मार्न धम्की समेत दियको अडियो रेकर्ड प्राप्त गरि पीडितको बयान कै आधार मा विभिन्न सन्चार माध्यम मार्फत समाचार समेत प्रकाशित गरियको थियो ।

यता बारम्बारको दबाब पस्चात जागेको नेपाली दूतावास युएइले हिजो जारि गरेको बिना हस्ताक्षर कर्ताको नाम र बिना चलानी नम्बरको प्रेस बिज्ञप्तिमा भने पीडित लाई समर्थन र उद्दार गर्न माग गरि विभिन्न समयमा लेखियका समाचार पित र नियोजित भयको भन्दै खन्डन समेत गरेको थियो ।

गत जुलाइ ४ तारीख नै पीडितले उद्दारको लागि पहल गर्न दूतावासमा निवेदन दियको भय पनि दुई हप्ता सम्म दूतावासले वास्ता नगरे पछी पीडितको गुनासो पत्रकार आफैले मेल मार्फत नेपाल सरकार गृह मन्त्रालय ,परराष्ट्र तथा श्रम मन्त्रालयमा समेत पठायका थिय ।

यसरी चौतर्फि दबाब देखिय पछी हिजो साझ श्रम सहचारी सहित दूतावासका केहि प्रतिनिधि पीडित लाई भेट्न क्याम्पमै पुगि एजेन्ट लाई तत्काल टिकट ल्याउन भन्दै नल्याय जेल हाल्ने भने पछी केहि घन्टामा नै एजेन्ट ले १५ जना पीडितको टिकट कम्फम गरेको थियो ।

यसरी नेपाल फर्कने टिकट कन्फम गरे पस्चात नेपाली दूतावास युएइ अबुधाबिको रोहवरमा पीडित नेपाली लाई तत्काल नेपाल फर्कने बितिक्कै अमेरिकन डलर १००० प्रतिब्यक्ती दिनुपर्न र लागत रकम समेत फिर्ता हुनुपर्ने भन्दै पत्रकार सहित दूतावासका प्रतिनिधि को उपस्थितिमा पीडित र सम्बन्धित ट्राभल्सको एजेन्ट बिच दायाँबायाँ औठा छाप सहित कागज गराइयको थिय ।

अलपत्र परेका मध्य १५ जना भोलि दिउँसो २ बजे नेपाल फर्कदै छन भने भिसा समय सकियर अबैधाबिक बनेका ४ जना आउदो अगस्ट ९ तारीख नेपाल फर्कने जानकारी नेपाली दूतावास युएइकि श्रम सहचारी हिरा यादबले दियकी छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी