तामाङ समाज युएइद्वारा एसएमएस धमका २०१७ को आयोजना गर्ने

तामाङ समाज युएइद्वारा एसएमएस धमका २०१७ को आयोजना गर्ने

  • आइतवार, साउन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

युएइ सम्बादाता ।

मध्यपुर्वको विकसित शहर युएईमा तामाङ समाज यूएईले सपोर्ट माई स्कूल प्रोजेक्टको सहयोगार्थ यहि अगस्ट ०४ तारिखका दिन “एसएमएस धमाका – २०१७ सांस्कृतिक साँझ” कार्यक्रमको आयोजना गर्न भएको छ ।

विगत लामो समय देखि शिक्षाको कारणले पिछडिएका तामाङ समुदायलाई माथि उकास्ने उदेश्यले तामाङ समाज युएईले विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै तामाङ बहुलियता भएका विद्यालयहरुमा आर्थिक सहयोग गर्दै आइरहेका छन। युएईको दुबई शहर स्थित कल्टन होटेलमा हुन लागेको कार्यक्रममा नेपालबाट अतिथि कलाकारको रूपमा चर्चित सेलो गायिका सानु वाईबा आउदै छिन भने प्रवासी कलाकाहरूको सामेत बिजोड प्रस्तुति रहने आयोजकले बतायको छ । कार्यक्रममा स्याब्रु नाच,म्हेन्दोमाया नाच र फापरे जुहारीको सानदार प्रस्तुति रहने छ ।

कार्यक्रमबाट प्राप्त रकम सपोर्ट माई स्कूल प्रोजेक्टको कोष मार्फत सपोर्ट माई स्कूल (एसएमएस) – २०१७ का लागि छनौट हुने विद्यालय र शैक्षिक सहयोगार्थ कार्यक्रमहरुलाई आर्थिक सहयोग गरिने कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङ ले जानकारी गरायका छन। उनका अनुसार समाजले २०१२ देखि हरेक वर्ष विभिन्न जिल्लाका ग्रामीण भेगमा स्थापित सामुदायिक विद्यालयहरूलाई एक लाख एघार हजार एक सय एघार रूपैया (रू १११,१११/-)को दरले आर्थिक सहयोग गर्दै आएको छ । यस बर्षबाट सहयोग रकम पनि बढाउने तयारी भईरहेको बतायका छन ।

सपोर्ट माई स्कूल प्रोजेक्ट कार्यक्रम अन्तर्गत हाल सम्म पाँच वटा विद्यालयहरूलाई आर्थिक सहयोग गरिसकेको छ । जसमा २०१२ मा जोगेश्वरी मा.वि. महादेवटार – ०१ काभ्रे, २०१३ मा घ्युल देवी नि.मा.वि गोल्छे – ०३ सिन्धुपाल्चोक, २०१४ मा जनहित राष्ट्रिय प्रा.वी पदमपुर – ०८ चितवन, २०१५ मा सातकन्या प्रा.वि. थाङपालकोट – ८ सिन्धुपाल्चोक र २०१६ मा दुप्चेश्वरी नि.मा.वि. सरमथली – ०६, रसुवा रहेका छन ।

शैक्षिक सहयोगार्थ आयोजना गर्न लागेको एसएमएस धमाका कार्यक्रम अरु बेलाको कार्यक्रमहरू भन्दा पृथक रहने र यूएईमा ख्याति कमाएका तथा धेरै भन्दा धेरै कार्यक्रमहरू स्टेज सो गरिसकेका उत्कृष्ट कलाकारहरूको धमाकेदार प्रस्तुतिहरू रहने छन भने यसै कार्यक्रमबाट सपोर्ट माई स्कूल (एसएमएस) – २०१७ को लागि छनौट भएको विद्यालयको नाम घोषणा गरिने जानकारी आयोजकले दियको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी