युएइ सम्बादाता।
रोजगारीको सिलसिलामा युएई आइ गत जुन २० तारीख मृत अबस्थामा चौरमा भेटिएका कास्की पोखरा लामाचौरका सुरेस थापाको शब आज नेपाल पठाईने भएको छ ।
कास्की आदर्श सेवा समाज युएई र नेपाली दूतावास युएइको सहकार्यमा आज दिउँसो ४ बजे फ्लाइ दुबईको जहाजमा शबलाई नेपाल पठाउन लागेको जानकारी कास्की आदर्श सेवा समाज युएइका अध्यक्ष मनोज कुमार सैजु ले जानकारी दिएका छन ।
लामो समयको अथक प्रयास पश्चात् सम्बन्धित मेनपावर एजेन्सि र युएइमा थापाले काम गरेको कम्पनीलाई निरन्तर दिएको दबाबले लाग्ने सम्पुर्ण खर्च उठाइ शबलाई नेपाल पठाउन सफल भएको सैजुले बताएका छन। यस्तै उनका अनुसार थापाको शब नेपाल पठाउन एनआरएन युएईबाट कुनै सहयोग नभएको प्रस्ट पारेका छन ।
फोन सम्पर्कमा बोल्दै अध्यक्ष सैजु ले बाहिर जे जस्तो प्रचार गरे पनि एनआरएनबाट हामीलाई कुनै सहयोग भएको छैन । हामीले शबलाई नेपाल पठाउन आर्थिक सङ्कल्न अभियान सुरु गरि सकेका थियौ तर पैसा भने उठाएका थियनौ, झन्डै १२ हजार दिराम खर्च भयो मेनपावर र कम्पनीले नै सबै खर्च तिर्यो अब आर्थिक सङ्कल अभियान रोक्न जानकारी समेत गराएको उनले बताएका छन ।
यस्तै समाजले शबलाई नेपाल पठाउन विशेष पहल गर्न नेपाली जन प्रगतिशील मन्च युएइका अध्यक्ष हेमन्त पौडेल ,नेपाली समाज युएइका निबर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा ,नमस्ते ट्राभल्सका सन्चालक एकेन्द्र बहादुर थापा ,नेपाल पत्रकार महासँघ युएईका सम्पुर्ण सदस्यहरु लगायत सम्पुर्ण सघ सस्थालाइ धन्यवाद समेत दिएको छ ।