युएई सम्बाददाता |
गत सुक्रबार “हाम्रो गौरव हाम्रो सान बिर्घा स्याङ्जा हाम्रो पहिचान” भन्ने मुल नाराका साथ स्याङ्जा जिल्लाको बिर्घा गबिस बाट रोजगारीको सिलसिलामा युएईमा रहनुहुने सम्पुर्ण युवाहरू मिलेर २०७० मा स्थापना भएको गाबिस स्तरीय पहिलो सस्था बिर्घा स्याङ्जा सहयोग समाज युएईले तेस्रो अधिबेसन बर दुबई मा सम्पन्न गरेको छ |
कृष्ण पाण्डे को सभापतित्वमा समपन्न भेलाको प्रमुख अतिथि स्याङ्गजा सहयोग समाज का बरिस्ठ उपाध्यक्ष प्रेम भण्डारी रहेका थिए भने विभिन्न संघ संस्थाबाट अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सन्तोष कुमार पाण्डेले गरेका थिय | समाजका सचिब कुमार रानाले आम्दानी खर्च विवरण प्रस्तुत गरेका |
समाजले स्थापना देखि नै अक्षयकोष ,मृगौला पीडित,ब्लड क्यान्सर पीडित ,सामाजिक,शैक्षिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। स्थापनाको चौथो वर्षसम्म आइपुग्दा संस्थाले सामाजिक कार्यहरु जस्तै पोखराका मृगौला पीडित,झापाका मृगौला पीडित, बिर्घा गा वि स का दुबै मृगौला पीडित चुरामनी बि क ,ब्लड क्यान्सर पीडित सान्ती घिमिरे र आलमदेवी गाविसका पिताम्वर रानालाई गरि जम्मा रकम रु १,३७,५०० आर्थिक सहयोग गरेको छ। यसैगरी बिर्घा गाविसको कालीगण्डकी क्याम्पस भवनको रु.२५,००० सहयोग गरेको छ।
बिर्घा गाबिसका सम्पूर्ण सरकारी विद्यालय तथा छिमेकी श्री कृष्णगण्डकी गबिसको धुर्बज्योति माद्यमिक बिद्यालय गरि १२ वटा बिद्यालयमा रु.११,१११ का दरले जम्मा रु.१,३३,३३२ अक्षयकोष खडा गरेको छ।जसको ब्याजवाट आएको पैसा गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि प्रदान गरिन्छ। यसै संस्थाको पहलमा बिर्घा गाउँ विकास समितिको श्री दुर्गा प्रा.वि.को शैक्षिक स्तर बढाउनका निमित्त उक्त बिद्यालयको रजत महोत्सवको उपलक्ष्यमा करिब ८२,००० रुपैयाँ सहयोग गरेको छ। भर्खरै मात्र यस संस्थाले आधुनिक शिक्षाका निमित्त बिर्घाका सम्पुर्ण सरकारी संस्था जसमा १ बाल शिशु कक्षा , ८ प्रा.वि , २ उच्च मा.वि , बिर्घा गाउँ विकास समतिको कार्यालय,बिर्घा प्रहरी चौकी, स्वास्थ्य चौकी बिर्घा, एक मात्र पुस्तकालय मातृभूमि पुस्तकालयमा सेतो पाटी बितरण गरेको छ ।
यस समाजले धार्मिक मठमन्दिरको संरक्षणका निम्ति बिर्घा गा वि स का ५ वटा मन्दिरमा समेत २०,००५ का दरले रु.१,००,०२५ धनराशिको अक्षयकोष खडा गरेको छ। कामको सिलसिलामा युएईमा रहनुभएका सम्पुर्ण बिर्घेली तथा भुपु बिर्घेलीहरु लाई केही समस्याहरु आइपरेको खण्डमा सहयोग गर्ने साथै आफ्नो जन्मभुमिको बिकासका निम्ति सक्दो सहयोग गर्ने उदेश्यले यस संस्थाको स्थापना भएको हो।
आउँदा दिनहरूमा समेत गाउँ बिकासका निमित्त यस संस्थाले अझ विशेष किसिमका कार्यक्रम तथा योजना लिएर जानेछ। आजको एस भेलाले खुमानन्द पाण्डेको अध्यक्ष्यतामा सल्लाहकार सहित २३ कार्य समिति चयन गरेको छ जसमा उपाध्यक्षहरु – मनरुपा पाण्डेय – याम ब.परियार , लक्ष्मण थापा सचीव – कुमार राना सह-सचीव नीर ब. बि.क कोषाध्यक्ष- टान ब.थापा सह-कोषाध्यक्ष- इन्द्र प्र. पाण्डेय सदस्यहरु – • जीवन पाण्डेय , सन्तोष कुमार पाण्डेय , सन्तराम परियार , तुल ब. घर्ती लक्ष्मी पाण्डेय हुमनाथ पाण्डेय • बिष्णु प्र. पाण्डेय हरिलाल पाण्डेय प्रवक्ता छबिलाल पाण्डेय सल्लाहकार मित्रलाल पाण्डेय , कृष्ण कुमार पाण्डेय , राम प्र.पाण्डेय . मित्रलाल पाण्डेय , डोलराज पाण्डेय रहेका छन |
