एक बर्ष जेल बसेर घर फर्कन खोज्दा समेत दूतावासले सहयोग नगर्दा मलेसियामा एक नेपालिको बिचल्ली

एक बर्ष जेल बसेर घर फर्कन खोज्दा समेत दूतावासले सहयोग नगर्दा मलेसियामा एक नेपालिको बिचल्ली

  • सोमवार, असार २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

सुसान आचार्य /युएइ।

वैदेशिक रोजगारीका लागि मलेसियाको कोलमबुम इन्दनाम साबा पुगेका रुकुम ८ मुरु का रत्न बहादुर बिस्वकर्मा एक बर्सको जेल जीवन बिताउदा समेत नेपाल फर्केने कागजात नपाय पछी बिचल्लीमा परेका छन ।

एक बर्ष अघि २०१६ जनवरी १ तारिखका दिन साथीहरू सङ घुम्न निस्केका रत्न लाई स्थानीय महिला माथी दुव्र्यवहार गरेको आरोपमा मलेसियाको स्थानीय प्रहरीले पक्राउ गरेको थियो । भिडभाड रहेको स्थानमा हिड्दै गर्दा महिलालाइ शरीरमा छोइयको मात्रै भय पनि महिलाले हालेको दुव्र्यवहारको उजुरीको आधार मा रत्न लाई एक बर्स जेल सजाय तोकिएको हो ।

यता तोकिएको एक बर्स सजाय पूरा गरि २०१७ मार्च १८ तारीख जेल बाट रिहाई भयका रत्न लाई कम्पनीले वास्ता नगरेको र पासपोर्ट समेत नदिय पछि नेपाल फर्कन आबस्यक कागजात (ट्राभल डकुमेन्ट )दूतावासले नबनाइदिय पश्चात् जेल बाट छुटेको तीन महिना बितिसक्दा समेत घर आउन नसकेको र बिचल्लिमा परेको जानकारी रत्नका दाजु उमेस बिस्वकर्माले ओमान बाट फोन सम्पर्कमा बतायका छन ।

आफुले बारम्बार नेपाली दूतावास मलेसिया लाई फोन सम्पर्क गर्दा समेत वास्ता नगरेको ,र यसअघि नै प्रधानमन्त्री कार्यलयमा समेत उद्दारका लागि निवेदन लेखिएको भय पनि कुनै पहल नभएको उनको गुनासो छ ।

मलेसियाका लागि नेपाली राजदुत डा निरन्जन मान बस्न्यात सङ भएको कुराकानीमा राजदूत बस्न्यातले समेत पीडितका समस्या बारे चासो नदियको र सोबारे हालसम्म पनि सम्बन्धित निकायमा खबर नगरेको प्राप्त अडियोले पुष्टि गरेको छ ।

वैदेशिक रोजगारीको लागि सबैभन्दा असुरक्षित गन्तब्य मानियको मलेसियामा अझै पनि झन्डै ७ लाख नेपाली कार्यरत रहेका छन भने तिनीहरु माथी पर्न समस्या र आबस्यक सहयोगमा नेपाल सरकारले खासै चासो देखायको पाइदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी