सुरेश कोइराला/अमेरिका ।
झट्ट हेर्दा हँसिलो अनुहार, मन्द मुस्कान, खाइखादो शरिर, बाटो हिड्दा पनि सहजै पहिचान गर्न सकिने, शिक्षित, बौद्धिक तथा प्रखर व्यक्तित्वका धनी दुर्गाप्रसाद श्रेष्ठ एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष पद्का दावेदार हुनुहुन्छ ।
जोशिला, आँटिला, फूर्तिला कुशल एवम् सफल व्यवसायी तथा बरिष्ठ समाजसेवी श्रेष्ठको उम्मेद्वारीले अमेरिकाको बाल्टिमोडका नेपालीहरूबीच भरि चर्चा परिचर्चा कमाएको छ । एनआरएनए अमेरिकाको विभिन्न च्याप्टरहरूमध्ये मेरिल्याण्ड लागि १ नम्बरमा स्थापित छ । आर्थिक विकासको क्षेत्रमा नेपाल र नेपालीको परिचालन तथा मार्गनिर्देश गर्न सक्ने व्यक्तिका रुपमा उहाँको पहिचान स्थापित भएको छ । ‘हुने विरुवाको चिल्लो पात’ भने झै छोटो समयमै कुशल व्यवसायी बन्न सफल उहाँले अमेरिकामा बस्ने नेपालीको आर्थिक समृद्धिका लागि धेरै पहल गर्नु भएको छ ।
‘आगामी दुई वर्षको लागि आउने नयाँ नेतृत्वले अमेरिकाको सिंगो नेपाली समाजलाई नवीन सोच, दीर्घकालीन योजना र कार्यकुशलताका साथ अघि बढ्न सही व्यक्तित्वको आवश्यकता पर्ने र उक्त पदका लागि म आफू उपयुक्त ठानेर आत्मविश्वासका साथ मैले मेरिल्याण्ड च्याप्टरमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएको हुँ,’ उहाँले भन्नु भयो । यस मेरिल्याण्ड राज्यमा हामी बिभिन्न क्षेत्रबाट निखारिएका र हरेक क्षेत्रमा दख्खल भएका व्यक्तिहरूको एक गौरवशाली नेपाली समुदाय छ । यसमा हामीले गौरव मान्नु पर्दछ ।
कलाकार, साहित्यकार, डाक्टर, इन्जिनियर, प्रोफÞेसर, ब्यापारी र समाजसेवी यी सातै बिधामा प्रखर सप्तरंगी समाज भएको हाम्रो राज्यमा हामी सबै मिलेर समाज विकासको अभियान अब छुट्टै शिराबाट थाल्नु उहाँले बताउनु भयो । मातृभूमिबाट लगभग आठ हजार माईल टाढा हामी यहाँ आज गैरआवासिय नेपालीको हैसियतमा छौ ।
हाम्रो समाजको अस्तित्वको लागि आफ्नो समाजको विकास हामी आफैले थाल्नुको विकल्प नै छैन,’ उहाँले भन्नु भयो । यी सारा कुराहरूलाई मध्य नजर गर्दै समाजसेवाको अभियानमा अझै बढी सक्रिय हुने अठोट छ । जन्मभूमि नेपाल रहँदा लगभग २१ बर्षको उमेरदेखि सामाजिक कार्यमा आफू लाई क्रियासिल गराउदा मलाई विभिन्न सघ सस्था मा नेतृत्वदायी भुमिका लिने अवसर प्राप्त भयो,’ उहाँले अगाडि भन्नुभयो ‘त्यस दौरानमा पर्वतमा पर्वत जेसिजको स्थापना गरि सस्थापक अध्यक्ष भै धेरै कुराहरू सिक्न र अनुभव गर्न पाएँ ।’
जेसिजको सिकाइ र भोगाइबाट पर्बतमा रहेको पर्वत उद्योग वाणिज्य संघमा महासचिव, प्रथम उपाध्यक्ष हँुदै पहिलो कार्यकाल निर्विरोध अध्यक्ष भै काम गर्ने अवसर प्राप्त भएको थियो । दोस्रो कार्यकाल निर्वाचन प्रक्रियामा अत्यधिक मत प्राप्त गरी काम गर्ने अवसर प्राप्त भयो सो अन्र्तगत १९ वटा जिल्ला नगर उद्योग वाणिज्य संघको संरचना भएको पश्चिमाञ्चल क्षेत्रिय उद्योग वाणिज्यको अध्यक्ष भै कामगर्ने मौका प्राप्त भयो । नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा ३ कार्यकाल झन्डै ९ वर्ष केन्द्रीय सदस्य भै काम गर्ने मौका पाएँ ।
विभिन्न संघ सस्थामा काम गरेको लामो अनुभव, अमेरिका बसाई को १० वर्षको भोगाइ, पर्वत समाज अमेरिकाको स्थापना गरी त्यस्को संस्थापक अध्यक्षभै काम गर्दाको अनुभव, यी सबै कुराको सिकाइ र भोगाइबाट मेरिल्यान्डमा केही गरौ भन्ने भावना आएकोले गैरआवासिय नेपाली संघ मेरिल्याण्ड च्याप्टरको लागि हुन गैरहेको आगामी निर्वाचनमा मैले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको हुँ । मलाई बिश्वास छ, सधै झै यहाँहरूको साथ, सहयोग र समर्थन पाउने छु । मेरो प्रतिबद्धता मैले गर्ने कामको सम्पूर्ण अनुभव र डकुमेण्ट समेत यहाँहरूमाफ छिट्टै अर्कों जानकारी गराउने वाचा गर्दछु ।’