सुसान आचार्य /युएइ ।
नेकपा माओवादी केन्द्र निकट बिदेश बिभाग सङठन नेपाली जन प्रगतिशील मन्च ओमनको प्रथम महाधिवेशन शुक्रबार भब्य रूपमा सम्पन्न भएको छ ।
ओमनको गोब्रा स्थित अल रिफ होटेलमा सम्पन्न उक्त महाधिवेशनमा नेपाल बाट प्रमुख अथितिका रूपमा नेकपा माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख नारायण काजी श्रेष्ठ (प्रकाश )तथा जनबादी गायक नवीन खड्काको उपस्थिति रहेको थियो।
अधिवेशन आयोजक समितिका संयोजक पदम प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथीमा नेपालि राजदूतावास ओमनकी महामहिम राजदुत सर्मिला पराजुली ढकाल , उद्योग वाणिज्य महासंघका पुर्ब अध्यक्ष चंण्डिराज ढकाल तथा एन आर एनए मध्यपुर्व संयोजक डिबि क्षेत्री रहेका थिय ।
कार्यक्रममा ओमन स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पत्रकार तथा विभिन्न छेत्रबाट गयका नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियो। प्रचार प्रसार समितिका संयोजक तुला गिरीले संचालन गरेको कार्यक्रममा अतिथी गायक नवीन खड्काको सांगितिक प्रस्तुतिले कार्यक्रम निकै रोचक बनाएको थियो । ओमनका विभिन्न छेत्रमा रहेका झन्डै ५ सय भन्दा बढी नेपाली हरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा मन्चका नबनिर्वाचित अध्यक्षमा उमेश विक सहित २७ सदस्यीय नया केन्द्रिय समिति चयन भएको छ ,।
जसमा ,उपाध्यक्ष हेम आचार्य , चक्रमान तामाङ र कमला तामङ रहेका छन भने महासचिवमा समित अधिकारी ,सचिबमा राम सिङ तामङ ,दिपक परियार र इस्वर राना मगर रहेका छन ।यस्तै सह सचिबमा सोभा आचार्य कोसादछ्यमा पन्चराम स्याङ्तान र सह कोसादछ्यमा राम लासिवा रहेका छन ।
यस्तै सदस्यहरुमा टेक बहादुर कामी ,अर्जुन कार्की ,सुरेस बराली ,स्याम महतो ,रिनामाया ,चित्र बहादुर केसि ,बिभी तामङ ,विशाल सुब्बा ,कमल कटुवाल ,संकर अधिकारी,दिपक परियार ,सीता घिमिरे ,बिक्रम तामङ र अरु दुई जना पछी थप्ने गरि राखियको छ । यस्तै मन्चको नव गठित सल्लाहकार समितिमा तुला गिरि र पदम प्रसाद अर्याल मन्च संरक्षक रहने गरि तोलाकान्त भट्टराई ,ज्ञानेन्द्र खनाल , ईच्छा राई र मुन्ना बाबू परियार लाई सल्लाहकार सदस्यमा राखियको छ । कार्यक्रममा नेपाल बाट आयका प्रमुख अथिती नारायण काजी श्रेष्ठ प्रकाशले नब निर्वाचित सबैलाई बधाई तथा आफ्नो कार्यकाल सफल बनाउन सुभकामना दिदै बिदेशी भुमिमा रहदा समेत पार्टी र देश प्रति सङठनले महत्त्वपूर्ण खेलेको भुमिका भन्दै प्रसम्सा समेत गरेका थिय ।
कार्यक्रममा गित सङ्गीत मार्फत मनोरंजन गराउन नेपाल बाट आयका जनवादी गायक नवीन खडकाले सबैलाई विभिन्न गित सङ्गीत मार्फत भरपुर मनोरंजन गरायका थिय ।
झन्डै ५ घन्टा लामो कार्यक्रममा विभिन्न छेत्र बाट उपस्थित प्रतिनिधि हरुले नब निर्वाचित सम्पुर्ण पदाधिकारी हरुलाइ बधाई तथा सुभकामना दिदै सङठन ले मजदुर हक हितका लागि निरन्तर लड्नुपर्न भन्दै विभिन्न समयमा मन्च ले गरेका काम कारबाहीको मुक्तकन्ठले प्रसम्सा समेत गरेका थिय ।

