पत्रकार निमाकान्त पान्डेलाइ युएइ बाट बिदाइ

पत्रकार निमाकान्त पान्डेलाइ युएइ बाट बिदाइ

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

सुसान आचार्य /युएइ ।
नेपाल पत्रकार महासघ युएइ साखाका सदस्य तथा मजदुर अन्लाईन पत्रीकाका निबर्तमान प्रधानसम्पादक निमाकान्त पान्डे लाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्मान सहित बिदाइ गरियको छ ।
युएइको दुबई राज्य स्थित एक होटेल मा कार्यक्रमको आयोजना गरि नेपाली जन प्रगतिशील मन्च युएइ र प्रेस सेन्टर नेपाल साखा युएइले सयुत्त रूपमा बिदाइ गरेका हुन।
झन्डै १७ बर्ष सम्म प्रबासमा रहि रोजगारी सङ्गै सामाजिक काममा समेत सक्रिय भुमिका निभाउदै आयका पान्डे लाई ,स्वदेश फर्कन केहि दिन मात्रै बाकी रहदा बिगतमा उनी बाट भयका काम कारबाहीको समिक्षा र मुल्यांकन गर्दै उच्च सम्मान सहित बिदाइ गरिएको छ ।
कलमको माध्यम बाट रोजगारीका लागि बिदेशी भुमिमा आयका नेपाली कामदारहरु को हक अधिकार र समस्या बारे निरन्तर आबाज उठाउदै आयका पान्डेले बिगतमा अलपत्र परेका नेपालीको उद्दारका लागि पहल सङ्गै अनेकौ जोखिमको सामना गर्दै धेरैलाई सहयोग गरेका थिय ।
मजदुर हक अधिकारका लागि निरन्तर लड्दै आयको सङठन नेपाली जन प्रगतिशील मन्च युएइका सस्थापक सदस्य समेत रहेका पान्डेलाइ मन्च युएईका अध्यक्ष हेमन्त पौडेल,महासचिव उत्तम राज बिस्वकर्मा सोसल क्लबका अध्यक्ष शालिक सुवेदी, मञ्च कै अर्को संस्थापक सदस्य एवं मञ्चका गरिय केन्द्रीय सल्लाहकार शम्बु वाइबा,प्रेस सेन्टर नेपाल युएइ साखाका अध्यक्ष अनिस तामङ ,सह सचिब अन्जुली लोप्चन ,रातोपाटी अन्लाईनका युएइ सम्बादाता विनोद श्रेष्ठ ूक्रान्तिू लगायतका विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थितिमा बिदाई गरियको भएको थियो।

यस्तै उक्त कार्यक्रममा बोल्दै पान्डेले आफ्नो प्राबस बसाइ लाइ अन्त्य गर्दै स्वदेश फर्कने क्रममा मंच र प्रेस सेन्टरले सम्मान सहित बिदाई गरेकोमा खुसि व्यक्त गर्दै आफु निरन्तर उत्पिडित वर्गको हकहितको पक्षमा कलम चलाउने बताएका छन।
झन्डै २ घन्टा लामो कार्यक्रममा अध्यक्ष हेमन्त पौडेल,शालिक सुवेदी,महासचिव उत्तमराज बिस्वकर्मा लगायतले शुभकामना सन्देश सहित आफ्नो मन्तव्य राखेका थिए ।
पान्डे आउदो १२ तारीख स्वदेश फर्कदै छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी