दुबई टु नेपाल ‘आनन्दम योग यात्रा भाग-२’ सकीयो

दुबई टु नेपाल ‘आनन्दम योग यात्रा भाग-२’ सकीयो

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

यूएई। नेपाली भूमिलाई आध्यात्मिक पर्यटनको रूपमा बिकास गर्ने मुख्य उद्देश्यका साथ मारूत अभियान नेपालको आयोजनामा दोश्रो चरणको आनन्दम योग यात्रा गत जून २४ गते बाट सुरु भै जून ३० शुक्रबारका दिन सकिएको थियो ।

आनन्दम योग यात्राको पहिलो कार्यक्रम फेब्रोवरी १७ देखी सुरु भएर २३ फेब्रोवरी सन २०१७ मा सम्पन्न भएको थियो । यसैगरी दोश्रो योग यात्रा गत जून महिनाको २४ तारिख देखी सुरु भै जून ३० तारीख सम्पन्न भएको हो । कार्यक्रम दुबई देखी सुरु भएर भारतको चेन्नै हुँदै नेपालका विभिन्न क्षेत्रको योगीक भ्रमण गरी सम्पन्न भएको हो । नेपालका विभिन्न प्राचिन योग साधनाका क्षेत्रहरुमध्य काठमाण्डौं, पोखरा, घान्द्रुक लगायतका क्षेत्रहरूको भ्रमण संगै १०८ योग र साधना गराईएको प्रशिक्षक आनन्द प्रकाशले बताएका छन् ।

काठमाण्डौं रानिबारीमा एक सेसनको आयोजना गरी डा. योगी बिकासानन्दले नेपाली भुमि र योगाको सम्भन्ध बारे चर्चा गर्नुभएको प्रकासले बताए । उक्त सेसनमा हाँसेर, सामान्य ब्यायमहरूबाट, प्राकृतिक भोजनबाट, सौर्य किरणबाट कसरी बढी भन्दा बढी निसुल्क प्राकृतिक ऊर्जा प्राप्त गर्न सकीन्छ ? भन्ने बारे जानकारी गराईएको थियो ।

जाहाँ डर बाट बच्ने उपाय, रोगका लक्षण हरू पत्ता लगाउने उपाय, दैनिक जिवनमा आइपर्ने स-साना पिडाको निराकरण बारे विभिन्न योगाहरु सीकाईएको थियो । मनोक्रान्ति आश्रम काठमाण्डौंमा डा. योगी बिकासानन्दले अर्को सेसनमा रोग तथा दैनिक जिवनमा आइपर्ने सारिरिक र मानसीक समस्यामा योग मार्फत प्राप्त गर्न सकिने वैज्ञानिक चमत्कार बारे ब्याख्या गरिएको थियो । पोखराका विभिन्न हिम पर्वतको भ्रमण संगै ति क्षेत्रहरुमा योग तथा ध्यानको अभ्यास गराइएको थियो । जाहाँ योग यात्रामा सहभागी यात्रुहरूले योग र ध्यान मार्फत प्रतक्ष स्वोर्गीय आनन्द लिएका थिए ।

यात्राका क्रममा घान्द्रुकमा रहेको बौद्ध स्तूपामा बुद्धका उपदेसलाई अनुशरण गराउदै, ध्यान गराईएको थियो । पोखराका हिमाली क्षेत्रमा रहेका विभिन्न ‘होम स्टे’ हरूको भ्रमण गराउदै तेस क्षेत्रको प्राकृतिक सौन्दर्यता, नेपाली संस्कार, नेपाली मैलीकता बारे जानकारी गराईएको थियो । योग यात्रामा सहभागीलाई यात्रा अबधिभर प्राकृतिक खाना ख्वाईएको थियो । हरेक दिन नाक, कान, घाँटी लगायत सरिरका ज्ञानिन्द्रिय हरूको सफाई योगा मार्फत गराईएको थियो । जसका कारण तनाव, नैरस्यता हटाउदै, जिवनलाई सकारात्मक धारबाट हेर्न सक्ने चिन्तनको विकास संगै नेपालको प्रकृतिकको महत्व बुझाउने कार्य भएको प्रशिक्षक आनन्दले बताएका छन् ।

पोखरा आसपासका हिमालसंग बादल लुकामारी गरेको दृश्य र तेस क्षेत्रको प्राकृतिक मौसम तथा तापक्रमले यात्रुलाई लोभ्याएको आनन्दले बताएका छन् । कार्यक्रम संयोजकमा मारूत अभियान नेपालका संथापक माहासचिव शेखु शंकर कोईराला रहेका छन् । यूएईबाट संस्थाका संस्थापक अध्यक्ष अनिल त्यागीले कार्य संपादन गरेका थिए ।

भारत हुदै नेपालका विभिन्न आध्यात्मिक पर्यटकीय क्षेत्रको यात्रामा संस्थाका सह-सचिब आनन्द प्रकाशले नेत्रित्व गर्रेका थिए । यात्रामा हुने १०८ योगिक अभ्यास पनी आनन्द प्रकाशले गराएका थिए । योग यात्राका कारण नेपाली योग क्षेत्र, नेपाली परंपरा, संस्कृतीको चिनारी तथा नेपालको ग्रामीण बिकासमा सानो भए पनी योगदान भएको यात्राका प्रशिक्षक आनन्द प्रकासले बताएका छन् । ‘आनन्दम योग यात्रा भाग -३’ छिट्टै गर्ने योजना संस्थापकको रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी