नवलपरासी सेवा समाज यूएई दोश्रो वर्षमा प्रवेश

नवलपरासी सेवा समाज यूएई दोश्रो वर्षमा प्रवेश

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

यूएई ।

नवलपरासी सेवा समाज यूएई प्रथम वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गर्दै दोश्रो वर्षमा प्रवेश गरेको छ । उक्त प्रथम वार्षिक उत्सव कार्यक्रम समाजका अध्यक्ष भिम हमालको सभापतित्व तथा एनआरएनए यूएईका अध्यक्ष सुदीप (यज्ञ बाहादुर) कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

गत जुन ३० शुक्रबारका दिन यूएईको दुबई सहरस्थित एभरेष्ट इनटरनेश्नल होटलमा सम्पन्न भएको उक्त वार्षिक उत्सव समारोहमा झण्डै ५० नेपाली संघ-संस्था प्रमुख तथा प्रतीनिधि उपस्थित थिए । कार्यक्रममा नेपाली कलाकार, व्यवसायी, पत्रकार बुद्दीजीवीहरुको उल्यख्य उपस्थिती रहेको सो कार्यक्रममा करीब चार सय दर्शक सहभागी थिए । कार्यक्रम यूएई समय अनुसार दिउँसो २:३० बजे देखी सुरु भै करीब सात घण्टा चलेको थियो ।

नेपाली राष्ट्रिय गान पस्चात ब्याबसायी तथा समाजका उपाध्यक्ष बल राम भुर्तेलले स्वागत मन्तब्य दिंदै कार्यक्रमको सुभारम्भ गरेका थिए । समाजका माहासचिव राज बाहादुर भण्डारी र कृष्ण परियारले कार्यक्रम संचालन गरेका थिए । समाजले वर्षभरि गरेका सामाजिक कार्य तथा बिभिध कार्यक्रमबारे वार्षिक प्रतिबेदन समाजका सचिव जितु ठकुरीले प्रस्तुत गरेका थिए, भने वर्षभरीको आय-ब्यायबारे आर्थीक प्रतीवेदन समाजका कोसाध्यक्ष नेत्र ज्ञावालीले प्रस्तुत गरेका थिए । तेस्तै समाजका सल्लाहाकार तथा नेपाली समाज यूएईका माहासचिव मणी भुर्तेलले समाजको बिधान अक्षरस पढी सबैसामु छलफल चलाई उपरान्त सो समाजको आधिकारीक बिधान अक्षरस लागु हुने गरी उपस्थित अथितीहरु,जिल्लावासीहरू, कार्य समितिका सदस्यहरू, लगायतले हस्ताक्षर गरी सर्वसहमतीले पारीत गराईएको थियो ।

वर्षभरी समाजलाई अमुल्य सहयोग गरेका तथा यूएईमा कार्यरत नेपाली कामदारको पक्षमा काम गरेका सामाजिक अभियान्ता हरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएन यूएईका अध्यक्ष सुदिप (यज्ञ बाहादुर) कार्की र समाजका अध्यक्ष भिम हमालले सम्मान गरेका थिए । सम्मान पाउने हरुमा समाजका प्रमुख सल्लाहकार नेत्र नारायण थनेत, सल्लाहाकार मणी भुर्तेल, मित्रलाल पाण्डे, पत्रकार तथा समाजका प्रबक्ता चिरन न्यौपाने, समाजकै उपाध्यक्ष निसा कोईराला, नारायण बाहादुर बोहोरा, मित्रलाल पाण्डे, लगायतका थिए ।

सम्मान पाउनेमा समाजको टेक्निकल सहयोग गर्दै आईरहेका पत्रकार तथा काभ्रे सेवा समाजका माहासचिब उत्तम राज बिक थिए । तेस्तै २१ वर्ष यूएईमा रहेर नेपाली श्रमिकको हक हितमा अतुलनिय योगदान पुर्याएका र केही दिनमै जन्म भुमि नेपाल फर्कने तयारीमा रहेका समाज सेवी तथा मजदुर अनलाईन मिडियाका प्रमुख सम्पादक (पत्रकार) निमाकान्त पाण्डेलाई सम्मान सहीत समाजले बिदाई गरेको थियो ।

तेस्तै बिदेशमा रहेर नेपाली लोक संगीतलाई बचाई राख्नमा योगदान दिएका नवलपरासी अनलाईन दोहोरी साँझका कलाकार हरुलाई पनी सम्मान गरीएको थियो । गणेश कौशल, असिम सरगम, प्रदीप भण्डारी, विशाल क्षेत्री, पृथिमान तामाङ, राजु कोइराला, नारायण बाहादुर बोहोरा (बि.एन घायल), ध्रुव, माया राना, निशा कोइराला, टीका घर्ती मगर, तारा परियार, पार्वती, सीता बराल, सानू केशी, माया लामा, लगायतलाई उक्त वार्षिक उत्सवमा सम्मान गरीएको थियो ।

कार्यक्रममा लोक गायक नबीन अर्याल, अर्जुन न्यौपाने सहित बिभिन्न बिधाका कलाकार समुहहरूले एकल तथा सामुहिक रूपमा लोक गायन तथा निर्त्य प्रस्तुत गरी उपस्थित दर्शकलाई भरपुर मनोरंजन दिएका थिए । कार्यक्रममा नवलपरासी अनलाईन दोहोरी साँझका कलाकार हरुले लाईभ दोहोरी समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती, बिशेष अतीथि, तथा अतीथिहरुले समाजलाई शुभकामना दिएका थिए । साथै छोटो समयमा नवलपरासी सेवा समाज यूएईले गरेका कामहरुको खुलेरै प्रसंशा समेत गरे । कार्यक्रमका सभापती तथा समाजका अध्यक्ष भिम हमालले कार्यक्रमको उत्तरार्धमा बोल्दै, नवलपरासी सेवा समाज यूएई कर्म भुमी यूएईमा रहेका सम्पूर्ण नवलपरासीवासीको साझा फुलबारी रहेको जनाएका थिए ।

अध्यक्ष हमालले समाजलाई यहाँ सम्म ल्याई पुर्याउन प्रतक्ष वा अप्रतक्ष रुपले सहयोग गरेका सवैप्रति कृतज्ञता जाहेर गरेका थिए । कार्यक्रम हल सम्म आइ कार्यक्रमको सोभा बढाई भब्य र सब्यका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिदै, कार्यक्रममा कमि कमजोरी भएको भए समाज तथा ब्यक्तिगत तर्फदेखी क्षमा याचमा समेत अध्यक्ष हमालले गरेका थिए । समाजले कार्यक्रममा सहभागी हरूलाई निसुल्क प्रवेशको ब्यवस्था मिलाएको थियो । कार्यक्रमका मिडिया सहयोगीहरू हाम्रो सगरमाथा अनलाईन टिभि, प्रवासी अनलाईन र मजदुर अनलाईन रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी