‘अबको एनआरएनए हाम्रो र राम्रो एनआरएनए’

‘अबको एनआरएनए हाम्रो र राम्रो एनआरएनए’

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

सुरेश कोइराला /काठमाडाैँ ,७ असार ।
‘अबको एनआरएनए हाम्रो र राम्रो एनआरएनए’ भन्ने मूल नारा लिएर सफल व्यवसायी गौरीराज जोशी अमेरिकाको चुनावी मैदानमा उत्रनु भएका छ । अध्यक्ष पदका दावेदार जोशीले एनआरएनए अमेरिका आईसीसीलाई केही व्यक्तिको मात्र नभएर सबै प्रवासी नेपालीको साझा संस्थाको रुपमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । विभिन्न राजनीतिक दलहरूले जोशीलाई ‘साझा नेता’को रुपमा आत्मसाथ गरेका छन् ।
नेपाली जनसम्पर्क समिति, प्रवासी मञ्च, प्रवासी नेपाली एकता समाज (राप्रपा निकट)का पदाधिकारीहरू एवम् तिनीहरूका अमेरिकामा रहेका राज्य च्याप्टरहरूका साथै एनआरएनएका अधिकांश च्याप्टरहरु गौरी जस्तो कुशल, सक्षम र दक्ष व्यक्तिको अध्यक्ष पद्को उम्मेद्वारीले एनआरएनए अमेरिकालाई नयाँ शिरातिर मार्ग निर्देश गर्ने आशा लिएका छ्न् ।
एनआरएनएभित्र छरिएर रहेका फूलहरुलाई एउटै मालामा उन्ने दुढ अठोटका साथ अघि बढ्नु भएका जोशीलेमात्रै संस्थालाई आशा र भरोसा लाग्दो संस्था बनाउन सक्ने विश्वास सम्पूर्ण नेपालीहरूले लिएका छन् । अमेरिकामा बस्ने नेपालीको समृद्धिर सवलीकरणका लागि मैले उम्मेद्वारी दिएको आशय जोशीले व्यक्त गर्नु भएको छ । ‘मसँग यस्ता योजना छन्, जसले नेपालीलाई सहजै समृद्धितिर अग्रसर गर्न सहयोग पु¥याउँछ,’ उहाँले भन्नु भयो ।
अन्तर्राष्ट्रिय जगतमा एनआरएनए अमेरिकाको बलियो उपस्थिति देखाउने वातावरण सिर्जना गर्र्न आफू लागि परेको समेत उहाँले बताउनु भएको छ । आगामी नेतृत्वमा नवीन सोच, स्पस्ट र दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन क्षमता जरुरी रहेको भनाइ छ । समग्रमा एनआरएनए अमेरिकालाई कसरी दीगो, संस्थागत र प्रभावकारी बनाउन सकिन्छ भन्ने सोचका साथ उहाँ अगाडी बढ्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी