सक्षम बने संसारले चिन्नेः त्रिपाठी

सक्षम बने संसारले चिन्नेः त्रिपाठी

  • सोमवार, असार ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाणडाै ।

देशको सामाजिक, राजनीतिक तथा आर्थिक विकास तथा समाज रुपान्तरणका लागि महिलाहरू अघि बढ्नु पर्ने देखिएको छ । बौद्धिक ज्ञान र सीपले नै मानिसलाई सफल बनाउने हो । अमेरिकामा आएर बसेका नेपाली महिना हुन् या नेपालमै बस्ने हाम्रा दिदीबहिनी अझ भनौ संसारका कुना कुनामा बस्ने अधिकांश महिलाको आफ्नो वृद्धि÷विकास गर्न आवश्यक पहुँच नपुगेको एनआरएन अमेरिका महिला संयोजकका दावेदार इन्दिरा त्रिपाठीले बताउनु भयो ।

अवसर पाएका महिलाले पुरुषभन्दा राम्रो, उदाहरणीय र गुणस्तरीय काम गरेर देखाइ सकेको छन्,’ उहाँले भन्नु भयो । ‘हामी महिलाहरू संसारको जुनसुकै कुनामा भएपनि अवसरको खोजीमा छौं,’ उहाँले भन्नु भयो । अमेरिकामा आउने महिलालाई मार्ग निर्देनशन गर्न महिलाको हक हित र अधिकारीका लागि लड्न र नयाँ बन्ने एनआरआए एनसीसीको कार्य समितिलाई पृथक शैलीमा हाक्न आवश्यक पर्ने बौद्धिक खुराक आफुमा भएको त्रिपाठीले ठान्नु भएको छ । ‘अब हामीलाई उपदेश होइन, उदाहरणीय काम चाहिन्छ, जुन कुरा मैले पुरा गर्ने संकल्प गरेको छु,’ उहाँले भन्नु भयो ।

जबसम्म महिला सक्षम, सवल तथा ज्ञान सीप सिकेर योग्य हुँदैनन्, तबसम्म महिलाहरूले सफलताको सिंढी चढ्न सक्दैन । यस्ता महिलाले मात्र समाजमा आफ्नो पहिचान छाड्न सकेको हामीसँग धेरै उदाहरण छन् । ‘हामी महिला घरभित्रको साँघुरो घेराभित्र खुम्चिएर बस्नेमात्र होइन, समाज परिवर्तनमा लाग्नु पर्छ,’ त्रिपाठीले भन्नु भयो । आफू सक्षम बन्नेमात्र संसारले चिन्ने उहाँको भनाइ छ । धर्म र संस्कृतिको नाममा महिलामाथि हुने हरेक दमन तथा शोषणका विरुद्धमा लड्दै २१ औं शताव्दीको विश्वलाई चुम्ने हाम्रो लक्ष्य हुनुपर्ने त्रिपाठीको बताउनु भयो । ‘हामी नेपाली चेली कहिले झुमाको नाममा गुम्बामा चढाइन्छौं त देवकीको नाममा मन्दिरमा अझैपनि छाउपडीमा कयौ महिलाले ज्यान गुमाइरहेका छन् भने कतिले दाईजो कम नल्याए अर्थात कम ल्याएकोे नाममा घरबाट निकालिएको मात्र होइन, जलाएर समेत मारिने गरेका छन् ।

यस्तो अन्याय हामी महिलाले कहिलेसम्म सहेर बस्ने ? हामी एकजुट र सक्षम भएमात्र हाम्रा आवाजहरू विश्व सामू पुग्ने छन् । नत्र, सधै परनिर्भर भएर बाच्न वाध्य हुन्छौ र हाम्रो अस्थित्व पनि संर्घष गर्न नसकेर पृथ्वीबाट अन्य जीवले अस्तित्व गुमाएजस्तै समाप्त हुनेछ । त्यसैले आजदेखिनै हामी महिलाहरू एक अर्काको दुःख र पीडामा साथ दिदै भोलिको सुनौलो भविष्यको सपनालार्य यथार्थमा बद्ल्दै समाजसेवाको भावनाले अघि बढ्नु पर्छ ।

सेवाकी पर्याय फ्लोरेन्स नाइटिङ्गेल हुन् या विज्ञानकी देवी म्याडम क्युरी अर्थात सबैकी आमा मदर टेरेसा यी सबै नारी पात्र नै हुन् जसले समाजमा आफ्नो प्रतिभा र गुणको प्रदर्शन गरेर आफूलाई जीवन्त राख्न सफल भए । घसमाजमा यस्ता धेरै उदाहरण छन् ,जसले आफ्नो अस्तित्व यस भूमीमा छोड्न सके, उनीहरू नै अहिलेसम्म अमर रहे । त्यसैले हामी नेपाली महिला पनि अब घरभित्र साँघुरिएर नबसौं, बाहिरी समाजलाई हेरौ, सक्छौ भने समाज र देशको लागि केही गरौ, त्यो पनि नभए आफ्नै पहिचान खोजौ,’ त्रिपाठीले भन्नु भयो । संसारमा गर्न नसकिने असम्भव काम छैन, मात्र हिम्मत र आँटको खाँचो छ,’ उहाँले भन्नु भयो । म नेपालमा जन्मिएर पनि अहिले अमेरिकामा स्वरोजगार बनेको छु । आत्मनिर्भर छु । आत्मनिर्भर भएकालेनै म छिट्टै हुन लागेको चुनावमा विशेष भुमिका निर्वाह गर्न चाहन्छु । समाजसेवालाई नै मूल धर्म मानेर म व्यवसायिक जीवनका साथै विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छु ।

एक पटक एनआरएन अमेरिकाको महिला संयोजकको भृुमिका निर्वाह गर्ने अवसर मिलेमा अमेरिका आइपुगेका तथा नवआगन्तुक महिला दिदीवहिनीको उचित आवास, आवश्यक शिक्षा तथा सीप र अवसरहरूको खोजी गर्न उहाँहरूलाई सहजीकरण गर्ने छु । समाजसेवामार्फत अमेरिकी नेपाली समुदाय, नेपाली महिला दिदी–बहिनीलाई आर्थिक सम्पन्नता र समृद्धि तर्फ लैजान म पूर्ण प्रतिवद्ध छु,’ उहाँले भन्नु भयो । विश्वकै महिलाहरू आर्थिक तथा सामाजिक हिसावले पछि परेका छन् । पछाडि परेका महिलालाई न्यायिक समानतातर्फ उन्मुख गराउनु अहिलेको आवश्यकता हो,’ उहाँले अगाडि भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी