सुसान आचार्य /युएइ ।
वैदेशिक रोजगारीका लागि कतार पुगि अलपत्र परेका १७ जना नेपाली कामदार लाइ नेकपा माओवादी केन्द्र निकट अन्तर्राष्ट्रिय बिभाग जन प्रगतिशील मन्च कतार को विशेष पहलमा उद्दार गरि स्वदेश पठाइएको छ ।
काठमाडौमा रहेको sky-way र बिर्तामोडमा रहेको Birad Associates P Ltd बाट झन्डै १ बर्ष अघि कतारको दोहा स्थित बेस्ट सिटी (BR)trading contracting W.L.L कम्पनीमा अपरेटर काममा लागि गयका नेपाली कामदार लाई कम्पनीले चार महिना देखि तलब नदिय पछी उनीहरु बिचल्लीमा परेका थिय ।
नेपाल बाट जनही ७०हजार देखि १ लाख रुपैया सम्म लियर राम्रो काम र राम्रो कमाइ भन्दै मेनपावरले झुक्याएर सप्लायर्स कम्पनीमा हाल्दिय पछि कम्पनीले सुरुदेखि नै वास्ता नगरेको र लेबर कोर्ट मा गयर उजुरी हाल्दा समेत सुनवाइ नभय पछी अन्तमा विभिन्न माध्यम मार्फत जन प्रगतिशील मन्च कतार को सम्पर्कमा पुगेको पीडित मध्यका एक नरेस परियारले जानकारी दियका छन ।
खाने र बस्ने समेत टुंगो नभएको अबस्थामा मन्चका तर्फबाट प्रतिनिधि हरुले तत्काल पीडित लाई भेटी आबस्यक राहत र उद्दार को लागि नेपाली दूतावास मार्फत पहल गरि नेपाल फर्काउन सफल भएको परियार ले फोन सम्पर्क मार्फत बतायका छन ।
बारम्बार दूतावास लाई जानकारी गराउदा पनि वास्ता गरेको थियन हामी भोकै सडकमा सुत्ने अबस्थामा थियौ ,तर मन्चको सम्पर्कमा पुगे पछि दिन रात एक गरेर हामीलाई नेपाल फर्काउनु भयो यो गुन हामि जिबनमा भुल्ने छैनौ परियारले बतायका छन । पीडितहरु केहि दिन अघि सकुशल नेपाल फर्कियका छन ।