८ बर्षको युएइ बसाइ सकि समाजसेवी चित्र नोपाली नेपाल फर्कने, जन संपर्क समिती युएइले गर्यो बिदाइ सम्मान

८ बर्षको युएइ बसाइ सकि समाजसेवी चित्र नोपाली नेपाल फर्कने, जन संपर्क समिती युएइले गर्यो बिदाइ सम्मान

  • आइतवार, असार ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

 दिनेश आचार्य/ दुवइ।

१७ लामो समय देखि युएइमा काम गर्दै आउनु भएका (नेपाली काङ्ग्रेस) जनसंपर्क समिती युएइका केन्द्रिय सदश्य तथा दलित संजाल युएइका सचिव चित्र नेपाली कम्पनिले भिषा थप नगरिदिए पछी नेपाल फर्कने हुनुभएको छ ।

बिगत आठ बर्ष देखी युएइमा काम गर्दै आउनु भएका नेपाली आफ्नो पेशा संगसंगै सामाजिक कार्यमा पनि निरन्तर सकृय हुनुहुन्थ्यो ।

कम्पनिले संझौता गरेको काम सकिए संगै कम्पनिमा बढी कामदार भएपछी उहा सहित अन्य धेरै कामदारलाइ कम्पनिले बाहिर काम खोज्न वा घर फर्किन सुचना दिएको थियो ।

८ बर्ष सम्म निरन्तर युएइमा रही काम गर्नु भएका नेपालीले बाकी समय नेपालमैगइ उद्यमी बन्ने र सामाजिक सेवामा सकृय रहने योजना भएको हुदा अन्य कम्पनिमा काम नखोजेको बताउनु हुन्छ । परदेशको जागिरे जिवनले परिवार, आफन्त र समाज बाट टाढा बनाउदो रहेछ ।

परिस्थितीले नेपाल फर्कने राम्रो अबसर जुराइ दियो । अब नेपाल (दाङ्) मै बसेर सामाजिक हितउपयोगी कार्यमा सरिक हुन्छु, बिदाइ संमान कार्यक्रममा बोल्दै नेपालीले भने । सामाजिक सेवामा अग्रसर नेपाली जन संपर्क समीती युएइको केन्द्रिय सदस्य, दाङ् देउखुरी समाज युएईकाे केन्दिय सल्लाहकार, दलित एकता संजाल युएइको केन्द्रिय सचिव समेत हुनुहुन्छ ।

जुन १६ का दिन जन संपर्क समिती युएइ तथा १७ जुनमा दाङ् देउखुरी समाज युएइले बरदुवइमा छुट्टा छुट्टै कार्यक्रम गरि प्रमाणपत्र सहित बिदाइ कार्यक्रम गर्दै संमान ब्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी