अहिले नेपालमा दोस्रो चरणको स्थानीय चुनावको माहोल तातिरहेको छ । यसको प्रत्यक्ष प्रभाव विभिन्न देशमा रहेका एनआरएनहरुमा देखिएको छ ।
उहाँहरू पनि विभिन्न एजेण्डा बोकेर चुनावी मैदानमा उत्रनु भएको छ । एनआरएन अमेरिकामा पनि आसन्न निर्वाचनको सरगर्मी बढ्दो छ । विभिन्न सामाजिक सञ्जाल तथा फेसबुक स्ट्याटसमा चुनावका वारेमा विभिन्न क्रिया प्रतिक्रियाहरू आउन थालेका छन् । तर, एउटा यस्तो व्यक्ति जसले आफ्नो फेसबुक स्ट्याटसमा जननेता वि.पीको भावनालाई स्मरण गर्दै ‘राष्ट्रिय मेलमिलापको नीतिबाट अघि बढ्न आग्रह गर्नुृ भएको छ ।उहाँ हुुनुहुन्छ एनआरएन अमेरिकाका आसन्न निर्वाचनका अध्यक्ष पद्का प्रत्यासी गौरीराज जोशी ।
उहाँले आफ्नो फेसबुक स्ट्याटसमा जननेता वि.पी कोइरालाको भावनाको सम्मान गर्दै ‘राष्ट्रिय मेलमिलापको भावना’ बाट अघि बढ्न सबै अमेरिकाबासी नेपालीलाई आव्हान गर्नु भएको छ । ‘हामी एनआरएनलाई सक्षम र सवल बनाउन लागि परेका हौं,’ उहाँले लेख्नु भएको छ ‘सबै नेपाली एकवद्ध भई सहमति र सहकार्यबाट अघि सरे सस्थालाई दीगो र बलियो बनाउन सकिन्छ ।’
जननेता वि.पी कोइरालाले २०३३ साल पुस १६ गते भारतबाट नेपाल फर्केपछि राष्ट्रिय मेलमिलापको भावनाबाट राष्ट्रमा संकट परेका बेला सबै नेपालीलाई एउटै सुत्रमा वाध्ने नीति लिएको ममन गर्दै जोशीले अमेरिकामा बस्ने सम्पूर्ण नेपालीहरूको सर्वपरि हितका लागि एकजुट भएर अघि बढ्नु आग्रह गर्नु भएको छ ।
चुनावी मैदानमा उत्रदा हामी नेपालीको एकवद्धतामा आँच आउनुका साथै गुट÷उपगुटको सिर्जना हुने र यसले नेपाली भावनालाई टुक्र्याउने उहाँको आसय छ ।
अन्य देशहरूमा एनआरएनले ठूलो फड्को मारिसक्दा पनि अमेरीकामा भने भर्खरै यो संस्था वामे सर्दैछ,’ उहाँले भन्नु भयो ‘संस्थाभित्र विभिन्न चुनौती छन्,’ यस्ता चुनौतीहरूलाई चिरफार गर्न तथा संस्थाको बृहतर हितका लागि अमेरीकामा बस्ने सम्पूर्ण नेपालीहरू एकजुट हुन अपरिहार्य छ ।’ व्यक्ति भन्दा संस्था सर्वोपरी भएको बताउँदै उहाँले संस्थालाई दिगो र बलियो बनाउने दायित्व हामी सबैको भएकोले सहकार्य गर्न सदैव आफू तयार रहेको आसय व्यक्त गर्नु भएको छ । जोशीको यो भनाइले सयौ संख्यामा रहेका मतदाता सहित वर्तमान एनआरएन अध्यक्ष डा. केशव पौडललाई पनि अत्यन्त खुशी र उत्साहित बनाएको छ ।
एनआरएन अमेरिकामा दक्ष, कुशल, क्षमतावान, सक्षम नेतृत्व आउनु भनेको संस्थालाई सवल बनाउनु भएकोले सबै मिलेर एक भएर अघि बढ्नु नै आजको आवश्यकता र उपलब्धी भएको सयौं मतदाता तथा शुभचिन्तकहरुले गौरीको फेसबुक स्ट्याटसमा कमेन्ट लेख्नु भएको छ । जोशीको फेसबुक स्ट्याटसमा आएका कमेन्टहरुले पनि सबै नेपाली एकजुट भएर अघि बढ्न मार्ग निर्देश गरेको छ ।
फेसबुकमा सहकार्य नै उत्तम र उपलब्धीमूलक हुने लेखिएको छ । एनआरएन अध्यक्षमा निरन्तरता दिने तयारी गरिरहेका डा.पौडेलेलाई समेत जोशीको पछिल्लो भनाइले मर्माहत बनाएको छ । उहाँले गौरी जोशी र डा.केशव पौडल भनेको एक्कै हुन भनि सन्देश सम्पूर्ण नेपालीमा दिनु भएको छ । हाम्रो भावना एउटै भएको बताउँदै एनआरएनमा सवल नेतृत्वको खाँचो रहेको उहाँले बताउनु भयो ।
उहाँले आफ्नो एनआरएन अध्यक्षको दुई वर्षे कार्यकालमा विभिन्न भाइरसहरूले लक्षित काम गर्न नदिएको बताउँदै आफू पनि जोशीको भावनामा सहमत भएको बताउनु भयो । ‘म एकवद्ध भएर अघि बढ्न तयार छु,’ उहाँले भन्नु भयो ‘जोशीको यो भावनाको म कदर र सम्मान गर्छु ।’नेपालमा प्लस टू पनि पास गर्न नसकेका व्यक्तिले एनआरएनको अध्यक्ष् पद् हाक्छु भनेर आइरहेका यतार्थलाई मनन गर्दै सबै नेपाली एकजुट भई काँधमा काँध मिलाउन आग्रह गर्नु भएको छ ।
आफ्नो पेशा व्यवसाय छाडेर समाजसेवामा समर्पित पौडेलले अमेरिका बस्ने नेपालीका लागि अभिभावनको भुमिका निभाउँदै आउनु भएको छ । उहाँ एक कुशल नेतृत्व लिइ सक्नु भएको र लिन सक्ने क्षमतावान व्यक्ति हुनुहुन्छ ।
एनआरएन अमेरिकालाई मजवुद र बलियो बनाउन सक्षम, दक्ष, कुशल नेतृत्व खाँचो रहेको अधिवक्ता एवम् एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खेगेन्द्र जीसीले बताउन्ु भएको छ । यो संस्थालाई अहिले अवस्थासम्म पु¥याउन उहाँको महत्वपूर्ण भुमिका रहेको छ ।
