एनआरएनभित्र छरिएका फूललाई एउटै मालामा गास्ने छु : जोशी ,एनआरएन अमेरिका का अध्यक्ष पदका प्रत्यासी

एनआरएनभित्र छरिएका फूललाई एउटै मालामा गास्ने छु : जोशी ,एनआरएन अमेरिका का अध्यक्ष पदका प्रत्यासी

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

सु्रेश कोइराला/युएसए ।

अमेरिकामा अहिले गैरआवसीय नेपाली संघ (एनआरएन) को तेश्रो महाधिवेशनकाे सरगर्मी बढेको छ । सामाजिक संजालमा समेत उम्मेदवारहरुले चुनाव प्रचार प्रसार व्यापक गरेको देखिन्छ ।

गौरीराज जोशीको अध्यक्ष पदको उम्मेद्वारीले चुनावी वातावरण निकै तातिदै गएको छ । सकारात्मक सोच ,सृजनशील तथा सामाजिक सेवामा होमिएका जोशी मानवीय सेवालाई आफ्नो जीवनको मूल कर्म ठान्दछन ।

पुख्यौली घर लमजुङ भएका जोशी हाल अमेरिकाको टेक्सास राज्यको डाल्टस राज्यमा बस्दछन l अमेरिकामा आएका नेपाली मध्ये कै एक सफल आईटी व्यवसायी मानिन्छन l

उनको अध्यक्ष पदको उम्मेद्वारीले अमेरिकामा बस्ने नेपालीलाई हर्षित र खुशी बनाएको देखिन्छ l सामाजिक सञ्लाजमार्फत जोशीका वारेमा लेखिएका स्ट्याटस्ले अमेरिककी एनआरएनमा व्यापक चुनावी लहर र उत्साह छाएको देखिन्छ । जोशीले प्रतिष्ठित व्यवसायी तथा व्यापारिक व्यक्तित्वहरूको सीप र दक्षता पहिचान दिलाउन सक्ने बनाउन पहल गर्ने बताएका छन् l

चितवनमा प्रारम्भिक शिक्षा हासिल गरेका उच्च शिक्षा हासिल गर्न अमेरिका आएका जोशी हाल आइटी कम्पनी स्थापना गरेर व्यवसायमा प्रवेश गरेका छन टेक्सासस्थित आईटी कम्पनीमा विभिन्न नेपालीले रोजगारी पाएका छन् भने उनि बाट स्थापित कम्पनीले अहिले सफ्टवेयरको निर्माण गरी विक्री गर्ने कार्य गर्दै आएको छ ।

उनि व्यवसायी मात्र नभएर लामो समयदेखि सक्रिय र जुझारु समाजसेवी पनि हुन् l नेपाली समाज टेक्सासका सदस्य बन्न पुगेका जोशी संस्थाको महासचिव हुँदै अध्यक्ष समेत बनेका छन् l

शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पहुँच नपुगेका नेपाली माझ उनका हातहरू अगाडि नै छन् । एउटै मालामा उन्नका लागि जोशीको उम्मेद्वारी आवश्यक भएको यहाँ बस्ने नेपालीहरूको बुझाइ छ र सम्भावना देखेका छन् l

एनआरएनलाई अमेरिकामा बस्ने सबै नेपालीहरुको प्यारो, लोकप्रिय र साझा संस्था बनाउने दृढ प्रतिज्ञा गरि सकेका छन् । संस्थालाई सुदृढ र सशक्त बनाउन व्यवहारिक ज्ञान र कुटनीतिक चाल हुनु जरुरी छ ।

आगामी नेतृत्वमा नवीन सोच, स्पस्ट र दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन क्षमता जरुरी रहेको भन्दै यसको संयोजकको भुमिका निर्वाह गर्न आफूले उम्मेद्वारी दिएको जोशीले बताएका छन् l

‘संसारकै सबैभन्दा ठूलो एनसीसी हुनुका नाताले हाम्रो जिम्मेवारी पनि गहन र ठूलो छ,’ भन्दै ‘एनआरएनभित्र छरिएर रहेका फूलहरुलाई एउटै मालामा मिलाएर मैले गाँस्न सक्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी