जन प्रगतिशील मंच युएइले गर्यो बरिस्ठ उपाध्यक्षको बिदाइ

जन प्रगतिशील मंच युएइले गर्यो बरिस्ठ उपाध्यक्षको बिदाइ

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

सुसान आचार्य /युएइ।

नेपाली जनप्रगतिशील मञ्च युएईका बरिष्ठ उपाध्यक्ष तथा प्रेस सेन्टर नेपाल युएइका सल्लाहकार अर्जुन सुबेदीलाई मञ्चले एक कार्यक्रम आयोजना गरि गत शुक्रबार बिदाई गरेको छ ।

युएईको रोजगारी लाई बिट मार्दै जन्मभुमी फर्किने तयारीमा रहेका सुबेदीलाई ९ जुन २०१७ का दिन दुबईको एक होटलमा बिदाई कार्यक्रममा आयोजना गरिएको थियो । मञ्चका अध्यक्ष हेमन्त पौडेलको सभापतित्वमा सम्पन्न बिदाई कार्यक्रममा नेकपा (माओबादी केन्द्र)का महाधिबेशन आयोजक समिति सदस्य हरी नेपाली प्रमुख अतिथी रहेका थिए ।

बिषेश अतिथीमा अन्नपुर्ण टेलीभिजनका महाप्रबन्धक दिल निसानी मगर तथा मजदुर अन्लनईनक निबर्तमान प्रधानसम्पादक निमकान्त पाण्डे अतिथी रहेका थिए । उक्त कार्यक्रममा मञ्चका सचिब मिलन गुरुङ, प्रबक्ता अनिस तामाङ, शारजाह क्षेत्रिय अध्यक्ष सरिता तामाङ लगायत मञ्चका थुप्रै सदस्यहरुको उपस्थिति रहेको थियो । लामो समय सम्म मंचमा रहेर काम गरेका सुबेदीलाई खादा ओडाएर सम्मान पत्रको साथमा बिदई गरिएको थियो ।

बिदाई कार्यक्रममा अध्यक्ष पौडेल, महाधिबेशन आयोजक समिति सदस्य हरी नपाली र बिषेश अतिथी दिल निशानी मगरले बरिष्ठ उपाध्यक्ष सुबेदीले मञ्चको लागी खेलेको भुमिकाको प्रसंशा गर्दै युएईको बसाईलाई बिट मार्दै नेपाल फर्किएर पनि देश र जनताको पक्षमा सधै लागी पर्ने अपेक्षा सहित सफल यात्राको शुभकामना सहित बिदई गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी