सुसान आचार्य /युएइ ।
तामाङ समाज मलेसियाले लामो समय देखि दुबै मिर्गौला फेल भयकि मकवानपुर ७ पदमपोखरी चुरियामाइ कि ४० बर्सिय लक्ष्मि स्याङ्तानलाइ मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली हरु सङ आर्थिक सहयोग उठाइ हस्तान्तरण गरेको छ ।
विभिन्न जिल्लाबाट मलेसियामा रोजगारी गर्न पुगेका तामाङ हरुको साझा समूह तामाङ समाज मलेसियाको अगुवाइमा सुरु गरियको आर्थिक सङ्कलन अभियानमा मलेसियन रिङ्गेट ३,५१५ नेपाली ८३हजार ६सय ७६ रुपैयाँ सङ्कलन गरियको र सो रकम पीडितकै नाममा आइ एम इ आइ बैंक मार्फत पठाइ सकियको जानकारी मलेसिया बाट दिप लिम्बुले दियका छन ।
सरकारले मिर्गौला तथा मुटु रोगी हरुको उपचार निसुल्क गर्न भने पनि हाल सम्म सो सेवा कार्यनयनमा नआयको र पीडितहरु सङ अस्पतालले मन लाग्दो सुल्क असुल गर्न काम कायमै रहेको गुनासो आय पछी सबै मिलेर उपचार गर्न सानै भयनी सहयोग गरेको लिम्बुले बतायका छन ।

