हरेक नेपालीको दुःख सुखमा साथ दिने कार्कीको प्रतिवद्धता

हरेक नेपालीको दुःख सुखमा साथ दिने कार्कीको प्रतिवद्धता

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

सु्रेश कोइराला/युएसए । 
हरेक नेपालीको दुःख सुखमा साथ दिँदै आउनु भएकी उमा कार्की (थापा) अहिले चर्चाको शिखरमा हुनुहुन्छ । अमेरिकामा निकट भविष्यमा हुन लागेको एनआरएनको  निर्वाचनमा उहाँले दिन लाग्नु भएको उपाध्यक्ष पद्को उम्मेद्वारीले चुनावी सरगर्मीलाई अझ बढाएको छ ।
प्रत्येक नेपालीको समस्यालाई आफ्नै समस्या सम्झिने उहाँ क्यालिफोनियाको सामाजिक हस्तिको रुपमा परिचित हुनुहुन्छ । ‘म १२ वर्ष अघि अमेरिका आएको हुँ,’ उहाँले भन्नु भयो ‘अमेरिका आएलगत्तै म नेपाली मूलका सामाजिक संघ संस्थामा आवद्ध भए र समाजसेवामा लागे । उहाँले यस अघिनै एनआरएन एनसीसी अमेरिकाको महिला संयोजकको भुमिका निर्वाह गरिसक्नु भएको छ ।
कार्कीले गर्नु भएको कामको सरहना गर्दै अमेरिका स्थित आम नेपालीले अहिले उहाँको उम्मेद्वारीलाई चर्चाको शिखरमा पु¥याएका हुन् । नेपाल र नेपाली आर्थिक तथा सामाजिक हितको लागि समर्पित कार्कीले अमेरिकमास्थित विभिन्न राज्य च्याप्टरलाई सक्रिय बनाउन विशेष पहल गर्ने बताउनु भएको छ । नयाँ भिजन र नवीन सोचका साथ संस्थाको प्रवद्र्धनका लागि व्यापक कार्यक्रम अघि बढाउने उहाँको प्रतिवद्धता छ । अमेरिका पुगेका नेपालीका लागि एनआरएन परिचय पत्र(आईडी कार्ड) वितरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि उहाँले गर्नु भएको छ ।
अमेरिकामा रहे पनि आफ्नो जन्मभूमी नेपालको विकासका लागि एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उहाँको सोच छ । ‘आफू उपाध्यक्ष बनेपछि नेपालको आर्थिक विकास र समुन्नत समाजको लागि एनआरएनको सीप, दक्षता, उद्यमशिलता र लगानी नेपाल भित्र्याउने पहल गर्ने छु,’ उहाँले भन्नु भयो । युवा, विद्यार्थी, महिला तथा अन्य वर्गहरूको लागि छुट्टाछुट्टै प्रतिनिधिमूलक समिति गठन गरी समस्यासँग जुध्न नेपाली समुदायको सवलीकरण र नेपाल र नेपालीको सर्वाङ्गिण उन्नतीका लागि लाग्ने कार्कीको योजना छ ।
‘राजनीतिक, धार्मिक, जातीयता र क्षेत्रीयतालगायत सम्पूर्ण मतभेद भन्दा माथि उठेर मन, वचन र कर्मले अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्ने मेरो अठोट छ,’ उहाँले भन्नु भयो । यदि कार्की उपाध्यध्यक्ष पद्मा विजय हुुनुभयो भने विभिन्न कार्यक्रम, सेवा÷सुविधा तथा तालिम÷सीपको माध्यमबाट एनआरएनमा युवा आकर्षण वढाउने उहाँको योजना छ ।
‘सानातिना व्यवसायीलाई माथि उठाउने र नयाँ व्यवसायमा जान चाहने नव उद्यमीलाई विजनेश अवधारणा प्रशिक्षण गराउने पनि चुनावी प्रतिवद्धता हो । महिलाहरूमा हुने कुनै पनि भेदभाव र अन्यायका विरूद्ध लड्ने कार्कीको प्रतिवद्धता छ । समाजका हुने सबै प्रकारका विभेदका विरुद्ध लड्दै संगठनात्मक तथा सकारात्मक सोचको साथ सामाजिक सेवामा लाग्ने उहाँको प्रमु्ख उद्देश्य रहेको छ । सबै नेपालीको साझा संस्थाको रूपमा एनआरएन अमेरिकालाई रुपान्तरण गर्ने अठोटका साथ उहाँ चुनावी मैदानमा उत्रनु भएको हो । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी