एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २० जेठ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

गतवर्ष नेपाल सरकारले उहाँलार्ई अष्ट्रेलियाको क्विन्सल्यान्ड सहरका लागि पर्यटनदूत नियुक्ति गरेको थियो ।

शाहले भन्नुभयो– “मैले तीन कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेपछि अध्यक्षमा मेरो दाबेदारी स्वभाविक हो, म निर्विरोध निर्वाचित हुन्छु ”।

शाहले अस्ट्रेलियमा रहेका नेपालीको समस्या समाधान र हितका लागि काम गर्ने तथा नेपालमा पर्यटक र विदेशी लगानी भित्र्याउने आफ्नो प्रमुख कार्यसूची रहेको पनि बताउनुभयो ।

अष्ट्रेलियाको नेपाली समाजलाई मातृभूमिसँग सामाजिक र सांस्कृतिक रुपमा जोड्न विभिन्न मौलिक कार्यक्रम आयोजना गर्न आफ्नो विशेष ध्यान केन्द्रित हुने उहाँले बताउनुभयो ।

एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालका लागि असार २४ गते अधिवेशन हुँदैछ । उहाँले अस्ट्रेलियामा शिक्षा, रेस्टुरेन्ट र पर्यटन व्यवसायमा लगानी गरिरहनुभएको छ । फेसबुक, मेरो भ्यालेन्टाइन लगायतका नेपाली चलचित्रमा समेत उहाँले नायकको रुपमा अभिनय गर्नुभएको छ ।

अस्ट्रलियामा करिब एक लाख नेपाली रहेको अनुमान गरिए पनि करिब नौ हजारले मात्रै एनआरएनको सदस्यता लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी