बिदेशमा नेपाली श्रमिक ठग्दै एमाले नेता युएई बाट करोडौं रुपैयाँ ठगी गरि मीन बहादुर फरार

बिदेशमा नेपाली श्रमिक ठग्दै एमाले नेता युएई बाट करोडौं रुपैयाँ ठगी गरि मीन बहादुर फरार

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

युएइ/ नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च युएइका पुर्व क्षेत्रीय उपाध्यक्ष तथा एन आरएन अलएन छेत्रका पुर्ब अध्यक्ष मीन बहादुर नेपालीले अलएनमा रहेका नेपाली हरुबाट विभिन्न बहानामा झन्डै नेपाली दुई करोड रूपमा भन्दा बढी ठगी गरि बेपत्ता भयका छन ।
अलऐनमा रहेको नमस्ते रेस्टुरेन्टका मालिक समेत रहेका मीन बहादुरले नेपाली श्रमिकलाई पैसा पठाइदिने बहानामा प्रति ब्यक्ति १४ सय दिर्हाम देखि १ लाख दिर्हाम सम्म ठगी गरि फरार भयपछि पसिना बेचेर केहि गर्न सपना देखेका दर्जनौं नेपाली नराम्रो सङ ठगियका छन ।
अल ऐन छेत्रमा रहेका नेपाली कामदारहरु सहित बङगाली र पाकिस्तानी नागरिकहरुको समेत पैसा कुम्ल्याएर नेपाली फरार भएको स्रोतले बताएको छ। नेकपा एमाले निकट प्रबास सङठन युएइ ले भने प्रेस बिज्ञप्ति निकाल्दै उक्त ब्यक्ति सङ संगठनको कुनै सम्बन्ध नरहेको भन्दै अनावश्यक प्रचार नगर्न चेतावनी समेत दियको छ भने बिज्ञप्तिमा लेखिय अनुसार सङठनले यश बिसयलाइ कुनै महत्त्व नदियको प्रष्ट देखिन्छ ।
स्रोतका अनुसार मीन बहादुर हुण्डी ब्यवसाय समेत गर्दथे । हुण्डीका साथै उनी नेपाली कामदारहरुसँग ब्याजमा पैसा लिने गर्दथे र महिनाको एक हजार दिर्हाम बापत ८० देखी १०० दिर्हाम सम्म ब्याज तिर्ने सर्तमा नेपाली तथा अन्य कामदारहरुबाट हजारौ दिर्हाम पैसा लिने गर्दथे । उनले आफ्नो नाममा भएको रेस्टुरेन्ट एक बङगाली नागरिकलाई बेच बिखन गरी पास गरिदिने शर्तमा १ लाख लिए पनि हाल सम्म पास नगरिदिएको बताएको छ ।
त्यस्तै गैर आबासिय नेपाली संघ युएइ ले एक बिज्ञप्ति निकाल्दै ठगिमा सङ्लग्न नेपाली लाई संगठनले यशअघि नै कारबाही गरि सकेको र निजलाइ मजदुर ठगिमा हदैसम्म कारबाही हुनुपर्ने बतायको भय पनि नेपाली लाई कारबाही गरियको बारे कुनै जानकारी बाहिर भने नआयको स्रोतले बतायको छ ।
पछिल्लो समय नेकपा एमाले निकट प्रबास सङठन मा रहि मजदुर ठगी गर्न हरुको घटना दिन प्रतिदिन बढ्दो छ केहि महिना अघि मात्रै साउदिमा आममाफीको बेला नेपाल पठाउने बहानामा नेपाली सङ चर्को रकम ठगी गरि अलपत्र पार्न एमाले निकट प्रबासी नेपाली मन्च साउदिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रसुराम मिस्र पक्राउ परेका थिय ।
बिदेशमा एमाले निकटका ब्यक्तिहरु एक पछि अर्को गर्दै नेपालीहरलाई ठगी गर्न थालेपछि पार्टी नै आलोचित बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी