सुसान आचार्य /युएइ।
काभ्रे पनौती नपा ५ सुब्बागाउँ ढलमलेका ५३ बर्सिय ईश्वर केसिको हृदयघातका कारण कतारमा मृत्यु भएको छ । झन्डै ९ बर्ष अघि कतार स्थित mowasalat karwa नामक कम्पनीमा ड्राइभरका लागि गयका केसीको हिजो बिहान १:४५ मा मृत्यु भएको जानकारी काभ्रे सेवा समाज कतारका अध्यक्ष नन्द प्रसाद ढुङ्गानाले दिएका छन ।
ढुङ्गानाका अनुसार राती बाथरुम गयको अबस्थामा अचानक हृदयघात भै त्यही लडेको र साथीहरूले अचेत अबस्थामा भेटेपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बतायका छन ।
लामो समय देखि कतारमा स्कुल बस चलाउदै आयका केसीका दुई छोरी एक छोरा र श्रीमती रहेका छन भने परिवार लाई घटना बारे जानकारी गराइ सकियको हुदा आबस्यक प्रक्रिया पूरा गरि लास लाई नेपाल पठाउने तयारीमा रहेको जानकारी फोन सम्पर्क मार्फत ढुङ्गाले दियका छन।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline