जन प्रगतिशील मंच युएई रसलखेमाको १९ सदस्यीय कार्यसमिति चयन

जन प्रगतिशील मंच युएई रसलखेमाको १९ सदस्यीय कार्यसमिति चयन

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

सुसान आचार्य /युएइ । नेकपा माओवादी केन्द्र निकट विदेश विभाग संगठन नेपाली जन प्रगतिशील मंच युएईले रसलखेमा छेत्रको अधिबेशन सप्पन्न गरेको छ ।

शुक्रबार रसलखेमा को एक होटलमा नेपाली जन प्रगतिशील मंच युएईका अध्याक्ष हेमन्त पौडेल , माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य एवं मंच कै बरिस्ठ सल्लाहकार हरि नेपाली, पत्रकार महासंघ युएई शाखाको सचिव मेघराज सापकोटा, प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष अनिस तामाङ , एनआरएन युएईका अध्यक्ष सुदिप कार्की लगायत विभिन्न अन्य क्रियाशील संघसंस्था र राजनीति दलका प्रतिनिधिहरुको अतिथ्यमा अधिबेशन सम्पन्न गरेको हो । अधिबेशनले माओवादी युवा नेता दिपक विष्टको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय सल्लाहकार समिति गठन गरि संगठनको नयाँ कार्यसमिति चयन गरेको छ ।

नबनिर्बाचित समितीको उपाध्यक्षमा माधब भुसाल र भरत बजगाँई रहेका छन् भने सचिबमा जीबन दासलाई निर्वाचित गरेको छ । सहसचिबमा प्रकास केसी, कोषाध्यक्षमा गुन्ज बस्नेत र सहकोषाध्यक्षमा नन्दु शर्मा रहेका छन । सदस्यहरुमा यादब सुबेदी, भैरव शाही, कृष्ण बहादुर बिक, खेम थापा, तुलबीर बिक, कृष्ण बिस्ट, सुजन पुन, तमलाल पाण्डे, धन बहादुर नेपाली, बिनोद पन्त, अजित अधिकारी र प्रकास सुबेदी रहेका छन भने सल्लाहकार समितीमा राजेन्द्र रोस्यारा, जनार्दन सुबेदी र चुमानसिंह दर्लामी रहेका छन् ।

विभिन्न छेत्रबाट गयका सयौ माओवादी नेता कार्यकर्ता तथा आमन्त्रित विभिन्न संगठनका प्रतिनिधि हरुको बाक्लो उपस्थिति सप्पन्न उक्त कार्यक्रममा बोल्दै मंचका केन्द्रिय अध्यक्ष हेमन्त पौडेले स्थानीय निर्वाचन माओवादी केन्द्र नेतृत्वको सरकार बाट सम्पन्न हुनु नै सबै भन्द ठुलो उपलब्धि भएको बताउदै ,अंक गणितीय रुपमा पछि परे पनि एजेन्डाको हिसाबमा विजय भएको भन्दै उपस्थित कार्यकर्ताहरुलाई बिचलित नभै निरन्तर पार्टी र सङठन प्रति प्रतिबद्ध भयर लाग्न निर्देशन समेत दियका थिय । यस्तै कार्यक्रममा बोल्दै मन्चाका केन्द्रिय सल्लाहकार तथा पार्टी महाधिवेशन आयोजक समिति सदस्य नेता हरि नेपालीले माओवादी हारको त्रुटी तत्काल खोज्दै त्यसबारे समिक्षा गरेर अगाडि बड्नु पर्नेमा जोड दिएको थिय।

कार्यक्रमा नब निर्वाचित पदाधिकारीहर लाई सुभकामना दिदै मंचका प्रवक्ता अनिस तामाङले संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीको एजेन्डा भएको हुदा स्थानीय निर्वाचनमा गणतन्त्रको भारी बोक्ने भरिया एमाले कांग्रेसहरुले निर्वाचनमा जितको दाबी गर्दै दम्भ देखाउनुको औचित्य नभएको भन्दै भरियाहरुले ज्याला बाहेक अरु केहि नपाउने बतायका छन । झन्डै तीन घन्टा लामो कार्यक्रममा विभिन्न छेत्रबाट उपस्थित सहभागी हरुले पार्टीले हारे पनि समग्र एजेन्डा र सिङ्गो देशको जित भएको भन्दै अलिकति पनि बिचलित नभै निरन्तर पार्टी र सङठनको कामकारबाहीमा सहभागी हुने प्रतिबद्धता जनायका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी