कतार नेपाली एकता समाजले मनायाे मजदुर दिवश

कतार नेपाली एकता समाजले मनायाे मजदुर दिवश

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

टेक राज थापा / कतार ।
कतार नेपाली एकता समाजले सन्सारका मजदुरहरु एक हौओ महान अक्टोबर क्रान्तिको झन्डालाई उच्चो राखौं  मजदुर दिवसको क्रान्तिकारी प्रम्परालाई अगाडि बढाऔ भन्ने मूल नाराका साथ् सभापति लुमाकान्त पुनको अध्यक्षतामा स्वागत मन्तब्य लक्षमण कोइरालाबाट सुरु गरि सहिद प्रति महन धारर्ण गरि कार्यक्रम दोहा स्थित टपफम होटलमा एक बृहत कार्यक्रमको आयोजना गरि अन्तराष्टिय १२८ औ मजदुर मनाएको छ । स्वागत गित बिमल भुसालले प्रस्तुत गरेका थिए।

निकाल्यो हिरा मति बनायो सुनका दरबार न हाम्लाई एक छाक रोटी भन्ने गीतको बोलले श्रमजिबिहरुको मर्मलाई समटिएको उक्त गीतले उपस्थिति जनमासमा भाबुक बनाएको थियो।एकता समाज अन्तर्गत सनैया ए एरिया अध्यक्ष बिष्णु आचार्य,बि एरिया धन बहादुर परियार सी एरिया अध्यक्ष जीबी कुँवर, डी एरिया उपाध्यक्ष टेक राज थापा, सलाता एरिया सालिक राम पुन, सैलिया एरिया अध्यक्ष लक्ष्मण कोईरालारक्तिम बिभागका अध्यक्ष हुमाकान्त आचार्य गराफा एरिया अध्यक्ष सन्जु सुन्दास, महिला बिभाग अध्यक्ष अमिना खान,मन्सुरा एरिया बिष्णु क्षेत्री, हाँक साप्ताहिक पत्रिका कतार प्रतिनिधि उद्धव मगर, एकता समाज कतारका पत्रकार राम प्रसाद पराजुली, पुर्व उपाध्यक्ष दावा लामा, सचिवालय सदस्य हेमन्त वाइवा, केन्द्रिय सल्लाहकार बलदेब राना, केन्द्रिय सदस्य रेनुका कार्की, सचिब बिष्णु थापा क्षेत्रीको उपस्थिति रहेको थियो ।

एकता समाज अन्तर्गत बुद्धि जिबि बिभागका अध्यक्ष कमल आचार्य, रक्तिम बिभागका अध्यक्ष लुमाकन्त आचार्य सनैया ए एरिया अध्यक्ष बिष्णु आचार्यले आचार्यले हामि श्रम जीबी प्रति यहाँको २००८ कानुन अनुसार यहाँको मुद्दा मामिला कानुन प्रक्रियामा अकिल दिनु पर्ने माप दण्ड प्रमस भएपनि रुपमा आफ्नो हक र अधिकार सुन्छित न रहेको बताए ।

यसैगरी गराफा एरिया सन्जु सुन्दास सनैया सी एरिया जीबी कुँवर, डी एरिया उपाध्यक्ष टेक राज थापा,सैलिया एरिया अध्यक्ष लक्षमण ,महिला बिभाग अध्यक्ष अमिना खान,पुर्व उपाध्यक्ष दावा लामा, केन्द्रिय सल्लाहकार बल देब राना,केन्द्रिय सदस्य रेनुका कार्की, महिला विभागकी अध्यक्ष अ्मीना खान, उपाध्यक्ष मदन श्रीष, मन्तब्य राख्नु भएको थियो।सचिवालय सदस्य हेमन्त वाइवा श्रम दिवसको बारेमा सयुक्त राज्य अमेरिकामा पहिलो मदुर दिवस १८८७ मा औरेगन सहरबाट सुरु गरिएको तर्क गर्दै अहिले पुजीवादीले श्रमजीबी प्रति गरिने ब्यबार अझै केहि सम्म रहेको यसलाई निर्मुल पार्न हामी श्रम जीबीहरु एक प्ल्याट फ्रम हुनुपर्ने आफ्नो हक अधिकारको सुरक्षित राख्नको लागि हामी आफैबाट सुरु गर्नु पर्ने बताउदै पुजिपती बर्ग दमन अनत्य भै सकेको मजदुर दिवस अहिले बिस्वाले सार्बजनिक बिदाको रुपमा मनाउदै रहिरहेको बिकशित रास्टहरुमा सार्बजनिक छुट्टी बिदा दिने प्रचलन रहेको मजदुर दिवस स्पस्ट पर्नु भएको थियो ।

रक्तिम अभियानका बिनोद सुनुवारले झुक्दैन सिर हाम्रो साम्राज्य सामु रोकिन्न हाम्रो पनि छ अधिकार आफनै जन्म भुमि बाद गीतको बोलमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए। रक्तिम अध्यक्ष हुमाकान्त आचार्यले भोजपुरी संगीत सुनोहो भैया भैनाह हो सुनुहोरे भैया हो हो सब्द संकलनमा रहेको गितले सबैमा उत्साह हर्षिद बनाएको थियो।

रक्तिम साँस्कृतिक परिबारका बिमल भुसालले तल परो बेशीको फाट माथी परो कैलाश क्या राम्रो मिलेको हाम्रो देश टुक्रिन्छ कि भन्ने गीतमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।अन्त्यमा एकता समाजका अध्यक्ष लुमाकान्त पुनले कतारमा बढ्दो फ्री टुरिस्ट भिसा अर्थात् आजत भिसा भनी हामी नेपाली दाजु भाईले हामी नेपालीलाई ठग्ने प्रवृति बढदो झुटो आस्वाशन दिई मन परि चर्को सुल्क लिने गरे हुदा तेस्लाई रोक्नु पर्ने हाम्रो पनि दाहित्व रहेको हुदा हामी कार्यकर्ता बीचबाट यसको समस्या समाधन गर्न हाम्रा आफन्ता जान सुभचिन्तक नेपाली दाजु भाइ दिदी बहिनीलाई सचेत गराउनु पर्नेहरुलाई सचेत गराउन हाम्रो उतिकै दायित्व रहेको अहिलेको अवस्यकता रहेको बारे तर्क गर्दै हामि आफै सचेत हुनुपर्ने बताए ।

हाम्रो आफन्तलाई भन्न सक्छौ कतारको “लेबर ल” को नियम अनुसार “लेबर ल” अनुसार न्युनमतम कतारी रियाल ९५० टेड काम्दारहरुको लागि ११५० रहेको बताउदै उपस्थित सम्पूर्णमा धन्यबाद प्रकट गर्दै कार्यक्रमलाई समापन गरेका थिए । कार्यक्रम सञ्चालन राम इन्दल थिङले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी