-सुसान आचार्य
समयले फ़ेरि हामिलाइ एउटा सुनौलो मौका दियको छ ,लामो समयको द्वन्द्व ,आन्दोलन र हजारौंको बलिदानले हामीलाई केहि महत्त्वपूर्ण उपलब्धि दिलायको छ । एउटा यस्तो समय आयको छ जहाँ जिते इतिहास रचिन्छ हारे सबै सकिन्छ । जस्ले जतिसुकै चिप्ला कुरा गरेपनी सत्य मर्दैन ,आज जति पनि उपलब्धि भयको छ तिनै बलिदान र सघर्स बाट नै भएको छ ।
गणतन्त्र ,संघीयता ,धर्मनिरुपेक्षता ,समानता ,समाबेसिता जस्ता मुद्दा लडेर नै प्राप्त भयका हुन कसैले भिखमा दियका पक्कै हैनन ,हो अब तिनै प्राप्त उपलब्धि लाई जोगाउदै देशलाई बिकास ,समृद्धितिर लाने बेला आयको छ भने इमानदार र सफल नेतृत्वको चयन गर्न जिम्मेवारि कर्तव्य भनौ या अधिकार जनताको हातमा आयको छ ।, पछिल्लो नेपाली राजनीतिक घटना क्रम मा सबैभन्दा तात्तिएको विषय हो, स्थानीय तहको निर्वाचन।
सबिधान संसोधनको लागि मधेसी मोर्चा र सरकारको रस्साकस्सी चलिरहदा सरकारले बैशाख ३१ गते स्थानीय निर्वाचनको मिति तोकिदिएपछि देशमा स्थानीय निर्वाचन को माहोल बढेको छ ।सत्र वर्ष देखि ठप्प स्थानीय निकायले अब नया नेतृत्व पाउनेछ।सरकारको यो निर्णयले जनताहरु उत्साहित देखिएका छन् ।
गाउँ विकास समितिको संख्यालाई घटाएर र नगरपालिकाको संख्या बढाइ स्थानीय स्वायत्त शासन संचालन गर्न अनुकूल हुने गरी स्थानीय तहको गठनमा सकभर एकरुपता कायम गर्न ध्यान दिदै हाल कायम रहेका एक भन्दा बढी गाउँ विकास समितिहरुलाई गाभेर गाउँपालिका बनाउदै त्यसबाट पर्ने प्रभाव तथा असरहरुको समेत विश्लेषण गरी सरकारले यसको सामाजिक लाभ हेरी जनतालाई फाइदा हुने कुरा सुनिश्चित गरेको छ।
,”मधेसी,भूमिहीन,सिमान्तकृत जनजाति,महिला र उत्पिडनमा परेका आम जनताहरुको नेतृत्व चुन्न पाउने अधिकार सुनिश्चित भएको छ भने जनताले छिटो छरितो सस्तो सुलभ तरिकाले सेवा पाउनेछन।” स्थानीय चुनावमा नेतृत्व चयन को लागि समग्र रुपमा महिला र पुरुष बीच सकारात्मक प्रतिष्पर्धा हुनेछ। यो अबसरहो नेपाली जनताले देशलाई बिकासको गतिमा लैजाने र सफल नेतृत्व लाई जिम्मेवारी दिने यो मौका हो यो बेलामा हामीले मन मस्तिष्कले सोचेर अनि भ्रम बाट बाहिर निस्की यथार्थमा रहेर आफ्नो अधिकार को प्रयोग गर्नुपर्छ । आज देशमा जतिपनी उपलब्धि भयका छन ती सबै दश बर्सिय महान जनयुद्ध र १९ दिने जन आन्दोलन अनि त्यसलाइ नेतृत्व र परिचालन गर्न पार्टी माओवादी केन्द्रकै सबैभन्दा धेरै त्याग बलिदान र उसैको गम्भीरतामा भएको यथार्थता लुकाउन सकिँदैन ।
पछिल्लो समय माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनेको पनि नौ महिना पुग्न लागेको छ यसबीचमा माओवादी केन्द्र पार्टी र सरकार मातहतका मन्त्रीले गरेका चमात्कारिक र सकारात्मक कामको सुची लामो छ चाहे बिपक्षी ले जतिसुकै नकारात्मक भ्रम छरुन। शिक्षा स्वास्थ्य यातायातमा होस् या खानेपानीको बिषयमा अहिलेको सरकारले प्रगति हासिल गरेको छ त्यस मध्येको एउटा सुन्दर काम लोडसेडिङ अन्त्य हो देशमा बिकराल रुपमा रहेको लोडसेडिङ समस्या अनी त्यसले पारेको असरले नेपालि जनतामा टाउको दुखाईको विषय बनिरहेको थियो।
यो भन्दा अघिका काग्रेस/एमाले सरकारको पालामा दैनिक १८ देखि 20 घण्टा लोडसेडिङ खप्न बाध्य नेपालि जनताले अहिलेको सरकार बाट धेरै राहतको श्वास फेरेका छन। लोडसेडिङ हुदा मौलाएको भ्रष्टाचार,घुसखोरीको पर्दाफास भएको छ।जेनेरेटर, पेट्रोल,डिजेलको बढ्दो आयातले देशको ब्यापार घाटा उच्च बिन्दुमा पुगेको समयमा लोडसेडिङ अन्त्यले नेपालको दिगो बिकासमा टेवा पुर्याउने कुरामा दुइ मत छैन।
यो अहिलेको सरकारको एकदमै सकारात्मक र उल्लेखनीय उपलब्धि हो ।माओवादी केन्द्र तथा वर्तमान नेपालका उर्जामंत्री जनार्दन शर्मा ‘प्रभाकर ‘ले लोडसेडिङ अन्त्य गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् ।दैनिक २०घण्टा लोडसेडिङमा जिवन बेथित गरेका जनताले माओवादी नेतृत्वको सरकार प्रति अझ धेरै अपेक्षा गरेका छन ।अघिल्लो बर्ष सम्म झन्डै १०%रहेको मुल्यवृद्धि दर घटेर २% मा ल्याउनु आर्थिक वृद्धिदर बढ्नु ,रास्ट्रीय आयोजनाका काम हरुले द्रुतता पाउनु र सहर देखि गाउँ सम्मका जनताले सरकार को महसुस गर्न पाउनु जस्ता सकारात्मक एतिहासिक काम बारे ब्याख्या गर्नैपर्छ ।
अब आँखा खोल्ने पालो जनताको आफ्नो मताधिकार को दुरुपयोग नहोस ,मौखिक योजना लाई हैन कार्यनयन गरेर देखाउने दल र जोखिम मोलेरै पनि राजनीतिक निकास दिन सक्ने नेतृत्वको चयन गर्न बेला अब आयको छ ।हिजो प्राप्त उपलब्धि लाई जोगाउन एउटा दल विशेष हैन समग्र नेपाली जनताको साथ सहयोग र समर्थन आबस्यक छ पार्टीले हार्नु जित्नु भन्दा पनि हिजो उठेका ती मुद्दाले हार्नु हुदैन यथार्थता यहि हो जस्ले सबैलाई हक अधिकार दिउलान लड्यो उसैले हार्यो भने ती हिजो उठाइयका मुद्दा कस्ले कार्यनयन गर्ला …?
ठन्डा दिमागले सोचौ र सफल नेतृत्व चयन गरि फ़ेरि यसैगरी बिकास र निकास ले गति लिन सक्ने बाताबरण बनाउ ताकी भोलि फ़ेरि यिनै भासण सुनाउदै दिन काट्ने र जनता लाई ऋणको भारी बोकाउने हरुको हालीमुहाली नहोस ।नेपाली जनताले निधारमा हात राखेर धिक्कर्न दिन नआओस् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline