नेपाल मगर संघ युएइ द्वारा बन भोज तथा सास्कृतिक कार्यक्रमको आयोजना

नेपाल मगर संघ युएइ द्वारा बन भोज तथा सास्कृतिक कार्यक्रमको आयोजना

  • सोमवार, चैत्र १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

सुसान आचार्य / युएइ ।
नेपाल मगर संघ शाखा,युएईको आयोजनामा आउदो मार्च ३१ शुक्रबारको दिन अबुधबी स्थित कर्नेस पार्कमा बनभोज तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । गत शुक्रबार अबुधाबिमा सम्पन्न बैठकले ३५औं मगर दिवसमा सहयोग गर्न कलाकारहरुलाई लक्षित गर्दै बनभोज कार्यक्रमको आयोजना गरेको जानकारी सघका महासचिब एच बि मगरले दियका छन ।
सघले गत २४ फेब्रुअरी २०१७ मा नेपाल मगर संघ शाखा युएई द्वारा  द्वारा आयोजित नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको १४०औ स्मृति तथा ३५औ मगर दिवस २०७३ को साथमा मगर मौलिक साँस्कृतिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको थियो ।
कार्यक्रममा प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पर्याउने सबैलाई स- धन्यवाद स्वरुप विशेष सहयोग गर्न कलाकारहरु र प्रायोजकहरुलाई लक्षित गर्दै संघले मार्च ३१मा बनभोज कार्यक्रमको आयोजना गरेको जानकारी मगरले दियका छन ।
यस्तै उक्त कार्यक्रममा संयोजकको जिम्मेवारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्र राना मगरलाई दिइएको छ भने, ब्यबस्थापन तथा कार्यक्रम संयोजन समिति गठन समेत गरिएको छ । समितीमा उपाध्यक्ष सुजन थापा मगर, महासचिव एच बि मगर , सचिब मान सारु मगर लगायत मुसाफा र अबुधबी क्षेत्रहरुलाई जिम्मेवारी दियको छ । कार्यक्रमले बिशेष गरि कलाकार , प्रयोजक र संघलाई सहयोग गर्दै आयका विभिन्न ब्याक्तित्वहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गर्ने भएको छ ।
कार्यक्रमको मुख्य आकर्षक मगर भेष भुषा पहिरन सहित मगर मौलिक प्रसिद्ध कौर्हा नाच , झ्याउरे र युएईकै इतिहासमा मगर संघ द्वारा पहिलो पटक भित्र्याउन सफल नेपाली मन मुटुमा सजिने नेपाली पन्चेबाजा मगर कलाकारहरु द्वारा बेजोड प्रस्तुति साथमा विविध मनोरञ्जनात्मक साँस्कृतिक नाचगान रहने जानकारी मगरले दियका छन। यस्तै कार्यक्रममा सहभागी हरुकालाई लागि खानपिनको ब्यबस्था समेत भयको र खानाका परिकाहरुमा मासु, सेल रोटी, अचार, चुकौनी जस्ता परिकारहरु ब्यबस्था गरिने बतायका छन ।
सघले कार्यक्रममा सहभागी हुन चाहानेहरुका लागि युएईका सात वटै राज्यहरु बाट यातायातको ब्यबस्था समेत गरेको छ भने कार्यक्रममा उपस्थित भै दिन युएइ बासी सम्पुर्ण नेपाली हरुम ले अपिल समेत गरेको छ । कार्यक्रममा सहभागी हुन  दुबई क्षेत्रीय समितिका प्रमुख राजेन्द्र थापा मगर +971554156280 – अल एन क्षेत्रीय समितिका प्रमुख मोहन बुढा मगर+971555142695 – मुसाफा क्षेत्रीय समितिका प्रमुख प्रेम थापा मगर+971528252435 – अबुधबी क्षेत्रीय समितिका प्रमुख होम थापा मगर +971562739269 – शार्जह क्षेत्रीय समितिका सचिब मनु थापा मगर +97156 995 2282 – रस अल खैमह क्षेत्रीय समितिका प्रमुख चुमान सिंह दर्लामी मगर +971528429456 – आजमान क्षेत्री बाट केन्द्रिय सदस्य देब पुलामी मगर +971523605447 – फुजेरह क्षेत्रीय प्रमुख देबषी राना मगर +971554629043 कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष श्री उपेन्द्र राना मगर +971505349800 महासचिव श्री एच बी मगर +971551274607 निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी