पोल्यान्डमा नेपाल युरोप ट्राभल समिट कार्यक्रम सम्पन्न

पोल्यान्डमा नेपाल युरोप ट्राभल समिट कार्यक्रम सम्पन्न

  • बिहिबार, चैत्र १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

पोल्यान्ड ।

वन्स मोर नेपाल नारा अगाडि सारेर नेपाल पर्यटन बोर्डको आयोजनामा केही ट्राभल एजेनन्सीहरुको सहकार्यमा पोल्यान्डको राजधानी वारसवामा नेपाल युरोप ट्राभल समिट कार्यक्रम नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दिपक राज जोशिको उपस्थितिमा सम्पन्न भएको छ ।

विभिन्न देश जर्मनी चेक हुँदै पोल्यान्डमा समापन भएको ट्राभल समिट युरोप कार्यक्रममा नेपाल पर्यटकीय गन्तव्य स्थल भएको विभिन्न ट्रेकिङ स्थल भएको र धेरै भन्दा धेरै हिमालहरुहरु चढ्न पोलिशहरु मन पराउने हुँदा नेपाल यात्रामा आगामी दिनमा पोलिशहरु लगायत युरोपियनहरु पनि बढ्दै जाने महशुस आफुले गरेको जानकारी गराउनु भयो । नेपाल सुरक्षित ठाउँ भएकोले आगामी दिनमा ढुक्क भएर नेपालको यात्रा गर्न सकिने जानकारी उपस्थित भएका पोलिशहरुलाई गराउनु भो ।
नेपाल पोल्यान्ड बारेको सम्बन्ध एवम समानता पोल्यान्डको नेपाल प्रतिको चासो बारेमा एन आर एन पोल्यान्डका अध्यक्ष डा बोधराज सुवेदीले गराउनु भएको थियो भने पोलिश नागरिकहरुले पनि नेपालको बारेमा उत्साहित हुँदै आफ्नो विचार व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा एन आर एन आइसीसी सदस्य तथा डा अलिनी पोखरेल सुवेदीको पनि उपस्थिति थियो ।नेपालको बारेमा प्रोजेक्ट प्रस्तुतीकरण पर्यटन बोर्डकी प्रतिनिधि श्रद्धा श्रेष्ठले गर्नु भएको थियो ।

झन्डै ७० जना पोलिश नागरिकहरु उपस्थिति भएर नेपालको बारेमा उक्त कार्यक्रममा सहभागी भएका ट्राभल एन्ड टुर एजेन्सीसित जिज्ञासा राखेका थिए ।

हिमालय रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा पोलिशहरुलाई नेपाली खानाको स्वादले आकर्षित गरेको थियो ।

पोल्यान्डमा सम्पन्न भएको उक्त कार्यक्रम गर्नको लागि श्री सोम सापकोटा एवम श्रद्धा श्रेष्ठको सहजिकरणमा रेस्टुरेन्ट संचालक श्रीमती रितु न्यौपानेलाई सम्पर्क गराइ मित्रलाल पार्देले हिमालय नेपाल रेस्टुरेन्टको व्यवस्था मिलाइदिनु भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी