अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा दिपक न्यौपाने निर्वाचित

अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा दिपक न्यौपाने निर्वाचित

  • शनिबार, चैत्र ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

सुसान आचार्य /युएई।

नेपाली जनप्रगतिशील मंच युएई अबुधाबी क्षेत्रीय अधिबेशनले दिपक न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

आज अबुधाबीमा सम्पन्न क्षेत्रीय अधिबेशनले मंचको उपाध्यक्षमा ज्ञान सुनार र सबु मोक्तान सचिबमा अनु तामाङ सह-सचिबमा दामोदर सिह र कोषाध्यक्ष खगेन्द्र सुबेदीको चयन गरेको छ । यस्तै सदस्यहरुमा २ जना पछि थप्ने गरि श्याम तामाङ ,दिनेश बाहादुर तामाङ ,अमृत कुमार राई सबिन अधिकारी ,तिलक सुनार ,दुर्गा सागर लामा ,डेमा लामा ,नेत्र अर्याल ,अङ्कित तामाङ ,सुमन न्यौपाने तथा नारायण खनाल रहेका छन ।

त्यसैगरि अधिबेसनले चिरन्जिबी पौडेलको संयोजकत्वमा ७ सदस्सीय सल्लाहकार समितिको समेत चयन गरेको छ जसमा श्रवण कुमार सापकोटा ,गुरु प्रसाद रेग्मी ,श्री प्रसाद रानाभाट ,राजु रोक्का तथा ज्ञानेन्द्र राई रहेका छन । ने क पा माओवादी केन्द्र( युएइ )इन्चार्ज हरि नेपाली को विशेष आथित्य तथा नेपाली जन प्रगतिशील मन्च युएइ का अध्यक्ष हेमन्त पौडेल को प्रमुख आथित्य मा सप्पन्न अधिबेशन मा एमाले लगायत विभिन्न पार्टी बाट आयका ७ जनालाइ माओवादी केन्द्रमा प्रबेस समेत गराइयको छ जसमा ज्ञानेन्द्र राई ,खगेन्द्र सुबेधी ,सबिन अधिकारी ,वोइमा तामाङ ,इन्दिरा चेम्जोङ,प्रबेग दोङ तथा अमृत कुमार राई रहेका छन ।

कार्यक्रममा पार्टी प्रबेसिको तर्फबाट आफ्नो मन्तव्य राख्दै नब प्रबेसि सदस्य ज्ञानेन्द्र राइले स्वदेश देखि बिदेश सम्म मजदुर ,गरिब किसान सबैको हक हितमा निरन्तर लडिरहेने सर्बहारा पार्टी माओवादी केन्द्र मात्रै रहेको हुदा आफुहरुले ढिलै भयनी सहि बाटो समायको बताएका छन । यस्तै कार्यक्रम मा बोल्दै मन्च युएइका अध्यक्ष तथा केन्द्रिय महाधिबेसन आयोजक समिति सदस्य हेमन्त पौडेल ले ठुलो बलिदान बाट प्राप्त उपलब्धि लाई जोगाउन स्वदेशमा मात्र नभै बिदेशमा रहेका कार्यकर्ताको समेत महत्त्वपूर्ण भुमिका रहने भन्दै संगठन र पार्टी प्रति इमानदार भयर लाग्न समेत सबैलाइ निर्देशन दियका छन ।

कार्यक्रममा मंचका केन्द्रिय संथापक अध्यक्ष दुर्गादत्त पोखरेल, मंचका उपाध्यक्ष अर्जुन सुबेदी, मंचका प्रबक्ता तथा प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष अनिस तामाङ, मंचकै केन्द्रिय सदस्य तथा प्रेस सेन्टर नेपाल युएईका उपाध्यक्ष छबि गिरी लगाएतको उपस्थिति रहेको थियो । झन्डै चार घन्टा लामो कार्यक्रममा केन्द्रबाट उपस्थित अथिती प्रमुख अथिती तथा विशेष अथिती ले महत्त्वपूर्ण प्रशिक्षण सहित सफल कार्यकालको सुभकामना समेत दियका थिय भने कार्यक्रमको सन्चालन अधिबेशन आयोजक सदस्य तथा नब निर्वाचित सचिब अनु तामाङ बाट भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी