चाहे जुनकुनै राजनीतिक दल विशेष किन नहोस् कुनै एक ठाउँ परिवेशका जनताले लखेटनु या खास पार्टी विशेषका नेता माथी दूर-ब्याबहार गर्नु अतिनै संबेदनसिल घटना हो। यो जनकपुरमा मात्र नभै अन्य कयौं ठाउँमा यी र यस्ता प्रकृतिका घटना पछिल्लो समय डरलाग्दो तबरले घटिरहेको छ। यसबाट पनि के कुरा प्रष्ट हुन्छ भने राजनीतिक खिचातानी र जनता प्रतिको बेइमानीले गर्दा जनता सम्पुर्ण रुपमा आजित अनि हैरान भैसकेका छन् । फलस्वरूप पछिल्लो पुस्तामा राजनीति प्रतिको बिश्वास अनि आस्था मर्दै गएको छ। त्यसैले मत के भन्छु भने आज पल्लो-घरमा चोर्नेले भोलि मेरो घरमा चोरी नगर्ला भन्न सकिन्न। बेलैमा सबै राजनीति दर सजक हुन जरुरत छ। राजनीति आस्था बिचार अनि लाइन सबैको हुन्छ कम्तिमा पनि रास्टिय मुद्दामा सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प छैन।
अन्यथा न देशले न्याय पाइछ न जनताले सुख पाउछन्। विशेष त मेरो निवेदन एमालेजन प्रती छ। तपाइँहरुले इतिहासमै धब्बा लाग्ने निकै ठुला रास्टघात गरिसक्नु भएको छ।यो त आउने इतिहासमा अबस्य समिक्षा हुन्छ नै। बस मलाई यति थाहा छ। १-मदन भन्डारीको मृत्यु दुर्घटना नभै रहस्यमय भएको र मेडिकल टेस्टमा बीस पदार्थ देखिएको छानबिन समितिले प्रतिबेदन प्रस्तुत गरेको थियो।जुन छानबिन समितिको मुल नेतृत्व ओलि स्वायमले गरेका थिए ।
२- सम्माननिय रास्टपती बिद्या भण्डारी पहिला एक पटक रक्षामन्त्री पनि भैसक्नु भयो हाल रास्ट्रपति हुनुहुन्छ कम्तीमा आफ्नो लोग्नेको रहस्यमय हत्याको छानबिनमा उहाँ अहिले सम्म बेखबर हुनुमा कसरी जनताले बुज्लान। ३-जहाँ अत्यन्तै कम लगानीमा अत्यधिक बिधुत उत्पादन गर्न सकिने चाहे त्यो महाकाली होस या कर्णाली काग्रेसलाई दाजु मानेर र आफू भाइ बनेर जनतालाई थाहै नदि ओलि जि ले सुटुक्क भारतलाई दाइजो दिए। ४-जनता जन्म र मृत्युको दो-साझमा बस एक थान गणतन्त्रको लागि सडकमा तातो गोलि छातिमा पचाइ रहदा हामी राजा सहितको लोकतन्त्र चाहन्छौ गणतन्त्र हाम्रो माग हैन भन्दै मोहोर राखेर तत्कालीन महासचिव जस्तो मर्यादित पदका ब्यक्ती माधब कुमार नेपाल ले राजाको पाउँमा दाम चढाएर ढोग्नु।वीर सहिदको अपमान मात्र नभै इतिहासकै बेइज्जत गरे ।
५-हिजो चुनावी घोषणा पत्रमा हामी देशको मुख्य नेतृत्व प्रत्यक्ष निर्वाचत गराउछौ।संघीयता हाम्रो लागि मान्य छ हामिलाइ भोट दिनुस भन्नू भो पछि नत प्रत्यक्ष मान्नु भो नत संघीयतालाई सजिलै स्विकार्नु भो। प्रिय एमाले जन यी त तपाईहरुका केबल प्रतिनिधि मुलक राजनीतिक घटना मात्र हुन। यी र यस्ता हजारौं उदाहरण छ जसले जनता प्रतिको बिश्वास,आस्था अनि भरोसालाई बलात्कार गरेको छ।
जनकपुर घटनाले केही सिक मिलोस अझै समय छ तपाईहरु सुध्रिनुस बिचारलाई खार्नुस कुख्यात डाकु रत्नाकार पनि वाल्मीकि भाथे रे। एमाले समर्थक युवा मित्रहरूमा अनुरोध छ पार्टी सुधार्ने तर्फ लाग्नुस, इतिहासमा लागेका दाग मेटाउने तिर लाग्नुस,पार्टी र राजनीतिमा कम्युनिस्टको धज्जी बनेर भण्डारीका ब्याजले बाचेकाहरुलाइ नेतृत्व बिहिन गर्नुस्। हैन भने इतिहासमा एमाले भन्ने पार्टी पनि थियो रे भनेर हाम्राआगामी पुस्तालले इतिहासमा पढ्ने दिन नआउला भन्न सकिन्न।
– यो लेखकको निजि बिचार हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline