मलेशिया नेकपा माओबादी केन्द्र सम्बद्ध अन्तरास्ट्रिय बिभाग नेपाली जनप्रगतिसिल मन्च मलेसिया केन्द्रिय समितिको आयोजनामा २२ औ जनयुद्ध दिवसमलेसिया मा भब्य रूपमा सम्पन्न भएको छ ।
मलेशियाका लागि पार्टी केन्द्र इन्चार्ज क.रमेश तिवारीको प्रमुख आतिथ्यमा सप्पन्न उक्त कार्यक्रममा सभापति मन्चका प्रमुख सल्लाहकार क.मुस्कान क्षेत्रीले गरेका थिए भने अतिथिहरुमा नया शक्ति अन्तरास्ट्रिय समाज मलेशिया तथा दलित सन्जाल बिभाग प्रमुख दिपक शघर्ष क्रमस पुर्ब बटालियन भिसी क.सम्भब,तथा जिल्ला सचिब कृष्ण प्रशाद नेपाल,रहेका थिए।
कार्यक्रम सुरुवात अघि १० बर्शे महान जनयुद्धको दौरानमा बर्गिय मुक्तीका खातिर लड्दा लड्दै साहादत प्राप्त गरेका ज्ञात-अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरि सुरुवात भएको थियो।सो कार्यक्रममा अतिथिहरु ले जनयुद्धको मर्म एबम भावना र तत्कालीन निरंकुश राज्य सत्ताले निम्त्याएको बर्ग सघर्षको बारे मन्तव्य राखेका थिए।
सभापति क्षेत्रीले बिगतमा राज्य सत्ता कब्जा करि बसेकै कारण माओबादीले बर्गिय मुक्तीका निमित्त बन्दुक उठाउनु परेको स्मरण गराय सोही क्रममा आफ्ना सहयोद्धाहरु गुमाउदाको पीडा र ऐतिहासिक दिनमा भोगेका पिडाहरु समेत राखेका थिए ।
साथै अबको दिनमा दीर्घकालीन रुपमा स्थापित लोकतान्त्रिक गणतन्त्र बाट प्राप्त उपलब्धि लाई रक्षा गर्दै जनयुद्धको मर्म एबम औचित्य लाइ बुझन जरुरी रहेको समेत बताउदै उपलब्धि को रछ्या गर्न बेला आयको भन्दै हातेमालो गर्दै अगाडि बढ्नु पर्न मा समेत जोड दियका छन ।
यस्तै कार्यक्रम मा बोल्दै प्रमुख अथिती तिवारी ले धेरै ठुलो बलिदान बाट देश मा परिवर्तन ल्याउन सफल भएको भन्दै यसलाइ जोगाउन सबै लाग्नुपर्ने बताय। देश ले केहि मुद्दा हरुमा सफलता प्राप्त गरेपनी पार्टी को नीति अनुसार पुर्ण उपलब्धि नभएको हुदा निरन्तर बैचारिक सघर्स मार्फत लड्ने बेला आयको समेत बतायका छन । झन्डै २ घन्टा लामो कार्यक्रम मा आफ्नो महत्त्वपूर्ण बिचार र सुभकामना सन्देश सहित क मुस्कानले कार्यक्रम लाई समापन गरेका थिय।भने कार्यक्रमको सन्चालन मन्चका महासचिव क.दीप ले गरेका थिए।