युएइ दुबईमा डिपिएस सेक्युरिटी गार्डको तलब बढ्य पछी सुरक्षा छेत्रमा काम गर्न हजारौं नेपाली लाभान्वित भयका छन ।
युएइको नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्यको छ भने अब राम्रो तालिम पाउने भएका छन । ‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)का अनुसार सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिराम बाट बृद्धि भई १९२० दिराम पुग्यको छ ।
साथै सम्पूर्ण कम्पनीहरुले सुरक्षा गार्डलाई राम्रो फिटनेश तालिम ,स्वास्थ बिमा ,सुरछित आवास यातायात देखि विभिन्न सुबिधा समेत थप गर्नुपर्ने बाध्यात्मक नियम लागू भयको छ । केहि दिन अघि दुबईमा आयोजित सुरक्षा सम्मेलनमा सिराका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलब र न्यून सुबिधा ले कालान्तरमा सुरक्षा सेवाको गुणस्तर कमजोर बनाउने भएकाले समयमै तलव सहित सुबिधा बढाउने निर्णय गर्नुपरेको बताएका छन । ‘हामी राम्रो गुणस्तर चाहन्छौं र सुरक्षा गार्डहरुलाई दुबईमा गर्व गर्ने बनाउँछौं । तर, उद्योगहरुलाई समय दिनुपर्छ, उनको भनाइ ।
२००५ देखि ००८ सम्म सुरक्षा गार्डलाई ८०० दिराम दिइन्थ्यो । २००८ को संघीय कानुनले न्यूनतम तलब बढायो । तर, आर्थिक संकटका कारण दुबईमा न्यूनतम तलव लामो समयमै लागू हुन सकेन । आर्थिक संकटबाट तंग्रिएपछि झण्डै ४० हजार सुरक्षागार्डको तलव बढाएर १४४० पुर्याइएको थियो । सिराका कार्यकारी निर्देशक सेलिजले नयाँ तलबमान लागू गर्ने समयसीमा यो महिनाको अन्त्यसम्म तोकिएको बताए ।
सन् २०२० अघि नै दुबर्इको सुरक्षा मापदण्डलाई नयाँ उचाईमा पुर्याउन सुरक्षा पुर्वाधारहरु पनि अपग्रेड गर्ने कार्य भइरहेको जानकारी स्थानीय सन्चार माध्यमहरुले समेत दियका छन । दुबई प्रहरीको असिस्टेन्टका रूपमा चिनिने डिपिएस सेक्युरिटी गार्ड को तलब तथा सुबिधा बढ्य सङ्गै छनोट प्रक्रिया मा समेत केहि कडाइ गरियको छ । जस्मा दौड ,पुसप ,सेटप तथा लिखित र मौखिक परिक्षामा समेत प्रस्न हरु हेरफेर गरियको छ ।