जल्पाका मृतकको परिवारलाई युएइबाट सहयोग

जल्पाका मृतकको परिवारलाई युएइबाट सहयोग

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

पाल्पा, १९ माघ । संयुक्त अरब इमिरेट्स (युएइ) मा ज्यान गुमाएका पाल्पाको जल्पा–९ का विष्णुबहादुर थापाको परिवारलाई पाल्पाली समाज युएइले आर्थिक सहयोग गरेको छ ।

गत मङ्सिर १० गते हृदयाघातका कारण ज्यान गुमाएका थापाका छ वर्षीय छोरा प्रतीक थापाको शैक्षिक खर्चका लागि रु एक लाख सहयोग गरिएको हो ।

थापाकी श्रीमती जल्पा–९ की टिकुमाया थापालार्ई नगद हस्तान्तरण गरेको समाजका फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर घर्र्तीले जानकारी दिनुभयो । पश्चिमाञ्चल फाइनान्स कम्पनीमा दुई वर्षमा नवीकरण गर्ने गरी मंगलबार रु एक लाख हस्तान्तरण गरिएको समाजका अध्यक्ष घर्तीले बताउनुभयो ।

समाजले किरिया खर्चका लागि मृतककी श्रीमती टिकुमायालाई र २५ हजार सहयोग गरेको छ । चार वर्षअघि दुबई पुगेका थापाको हृदयाघातका कारण मृत्यु भएको थियो । पाल्पाली समाज युएइले यसअघि युएइमा ज्यान गुमाएका माधव गैरे र बाबुराम विकको परिवारलाई पनि करिब रु दुई लाख सहयोग गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी