मलेसियामा एक नेपालीको मृत्यु,अर्का नेपालीको शव दुई महिनासम्म नेपाल आईपुगेन

मलेसियामा एक नेपालीको मृत्यु,अर्का नेपालीको शव दुई महिनासम्म नेपाल आईपुगेन

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

मलेसिया । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झा रहेको बताइएको छ । ट्रान्सवल्र्ड म्यानपावरमार्फत मलेसियाको टामन्डियाको इृलेन्ट्रोनिक्स् आटा कम्पनीमा कार्यरत झा काम सकेर डेरातर्फ जानेक्रममा बसले ठक्कर दिँदा उनको दुई दिन अगाडि मृत्यु भएको थियो ।

मृतकको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको उनका परिवारका सदस्यले बताएका छन् ।

यस्तै सप्तरीकै वभनगामाकटृी गाविस–३ तोपा निवासी बहादुर मण्डलको मृत्यु भएको दुई महिना भइसक्दा पनि अहिलेसम्म शव घर नआउँदा परिवारमा रुवावासी भएको पारिवारिक स्रोतले जनाएको छ ।

फुसको छानो भएको घरलाई पक्की बनाउने तथा छोराछोरीको भविष्य राम्रो बनाउने र शिक्षादीक्षा दिने उद्देश्यले साउदी पुगेका मण्डलको दुई महिना अगाडि पेट दुःखेपछि अस्पताल भर्ना गरेपनि उनको मृत्यु भएको थियो ।

काठमाडौँस्थित प्रिसियम इन्टरनेसनल प्रालि’ नामक म्यानपावरमार्फत साउदी अरब गएका मण्डलको शव नआउँदा परिवारमा रुवावासी हुनुका साथै घरमा दुई छोरी र एक छोराको शिक्षादीक्षा तथा पालनपोषणमा समेत समस्या भइरहेको उनकी श्रीमती विमलादेवीले गुनासो गरेकी छिन् ।

मृत्यु भएलगत्तै सम्बन्धित निकायलाई जानकारी दिँदा पनि हालसम्म आफ्नो श्रीमान्को शव नेपाल आउन नसकेको विमलादेवीले बताइन् ।

यता बहादुरको दुई महिनादेखि शव नआउँदा अधिकांश पुरुषले कपाल काटेका छैनन् भने उनको सद्गत नहुँदा गाउँमा रहेका छ परिवारमा धार्मिक कार्यसमेत रोकिएको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले जानकारी दिनुभयो ।

यसैबीच, मृतकको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव ल्याइदिन आग्रहसमेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी